बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

भक्तपुरको सूर्यविनायकमा स्मार्ट सेलको स्मार्ट सेन्टर स्थापना

शुक्रबार, ०२ चैत २०७४, ११ : १२
शुक्रबार, ०२ चैत २०७४

भक्तपुर–स्मार्ट टेलिकमले भक्तपुरको सूर्य विनायकस्थित आरएन भवनमा आफ्नो आधिकारिक स्मार्ट सेन्टरको प्रारम्भ गरेको छ ।  चैत १ गतेबाट प्रारम्भ भएको स्मार्ट सेन्टरबाट उपभोक्तालाई प्रभावकारी सेवा उपलब्ध हुने तथा स्मार्टका उत्पादन तथा सेवाहरुको जानकारी सहजै प्राप्त हुने स्मार्ट टेलिकमले उल्लेख गरेको छ ।
 सेन्टरबाट भक्तपुर तथा आसपासका ग्राहकहरुका सम्पूर्ण आवश्यकता एवं जिज्ञाशाहरुलाई सहज एवं सुलभ तरिकाबाट समाधान गरिनेछ । 
कम्पनीले प्रदान गर्ने नयाँ नयाँ सेवा तथा उत्पादनहरुको जानकारी ग्राहकहरुले सहजै प्राप्त गर्न सक्ने भएका छन् ।
स्मार्ट सेलको नयाँ सेन्टरको उद्घाटन कम्पनीका अध्यक्ष सर्वेस जोशीले गरेका ह्ुन् ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप