शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

जुत्ता चप्पलको बृहत मेला शुरु

शुक्रबार, ०२ चैत २०७४, १० : ४६
शुक्रबार, ०२ चैत २०७४

काठमाडौँ । नेपालको ईतिहासमै पहिलो पल्ट सम्पूर्ण जुत्ता, चप्पल तथा छालाजन्य वस्तुहरुको उत्पादकको मेला काठमाडौंको भृकुटीमण्डपमा सुरु भएको छ ।

यस मेलामा १४० भन्दा बढी स्टलहरु राखेर जुत्ता चप्पल तथा छालाजन्य उत्पादन तयार पार्ने नेपालका ५० भन्दा बढी सबै उत्कृष्ट र चर्चित ब्राण्डहरुको सहभागीता रहेको छ । ग्राहकहरुले आफ्नो चाहनाअनुसारको जुत्ता चप्पल तथा छालाजन्य बस्तुहरु अवलोकनका साथै छानीछानी खरिद गर्न सक्नेछन् । 

फुटवेयर म्यानुफ्याक्चरर्स एशोसिएशन अफ नेपाल तथा नेपाली जुत्ता घरको सहआयोजनामा सुरु भएको मेलाको बिहिवार ३ नं. प्रदेशका अर्थमन्त्री माननीय कैलाश ढुङ्गेल ज्युले एक समारोहकाबीच उद्घाटन गरे । 

मेला आयोजक संस्था फुटवेयर म्यानुफ्याक्चरर्स एशोसिएशन अफ नेपालका अध्यक्ष रविन कुमार श्रेष्ठले उत्पादनको ८० प्रतिशत उत्पादन ३ नं. प्रदेशबाटै भइरहेको अवस्थामा आउने दिनमा राज्य र प्रदेस सरकारले थप प्रत्साहनका कार्यक्रम ल्याउनेमा बिस्वस्त रहेको बताए । साथै उनले निजामती कर्मचारी, सेना, पुलिस को प्रयोगमा स्वदेसी उत्पादनका जुत्ताहरुको प्रयोग बढाउन सरकारले सहयोग गर्नुपर्ने बताउनुभयो जसका कारण स्वदेसी उत्पादकहरु हौसीने कुरा राखे ।

मेलाको सहआयोजक नेपाली जुत्ता घरका अध्यक्ष होमनाथ उपाध्याय ले विगतमा २–४ वटा निजि उत्पादकहरुले साना तिना मेला गर्ने गरेको भए पनि अब भने एकिकृत रुपमा फुटवेयर बिजनेस एक्स्पो को रुपमा बृहत मेला सञ्चालन भएको बताए । 

मेलाले ५ करोड बढीको कारोबार गर्ने तथा २ लाख भन्दा बढीले अवलोकन गर्ने आयोजकले जनाएको छ ।मेलामा बालबालिकादेखि वृद्धवृद्धाहरु सम्मका लागि आवश्यक पर्ने जुत्ता चप्पलहरु राखिएका छन्, जसले प्रदर्शनीलाई वृहत र भव्य बनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप