शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

जेसिकासँग पनि थियो आमिरको अफेयर, ‘नाजायज’ छोराका हुन् पिता

शुक्रबार, ०२ चैत २०७४, १० : २५
शुक्रबार, ०२ चैत २०७४

 मुम्बई । बलिउडका मिस्टर परफेक्सनिस्ट आमिर खान ५३ बर्ष पुगेका छन् । १४ मार्च १९६५ मा मुम्बईमा जन्मिएका उनी अभिनेताका अलवा समाजसेवाको रुपमा पनि चिनिएका छन् । 

तर, उनको व्यक्तिगत जीवन भने त्यति परफेक्ट थिएन । अमिरको बारेमा धेरै मानिस बुझाइ उनको जीवनमा दुई महिला मात्र आएको भन्ने छ । पहिलो रीना दत्त र दोस्रो किरण राव । तर यी बाहेक पनि एक अर्की महिला आमिरको जीवनमा आएकी थिइन् । जससँगको सम्बन्ध आमिरले कहिलै पनि स्वीकार गरेनन् ।
  
को हुन् ती महिला
केही बर्ष पहिले एक चर्चित इन्टरटेन्मेन्ट म्यागजिनमा खबर आएको थियो – आमिरका एक नाजायज छोरा पनि छन् । उक्त समाचारमा एक बेलायती पत्रकारले आफ्नो छोराको बुबा आमिर बताएकी थिइन् । जेसिका हाइन्स नामकी उक्त महिलाले दाबी गरेकी थिइन् कि २००३ मा उनले जन्माएको छोरा अमिर खानको थियो । उनले छोराको नाम ‘जान’ बताइएकी छन् ।
 
आमिर र जेसिकाको पहलो भेट 

दुबैको पहिलो भेट विक्रम भट्टको फिल्म ‘गुलाम’को सुटिङको क्रममा भएको थियो । उनले आमिर आफूसँग लिभिङरिलेसनसिपमा समेत रहेको दाबी गरेकी थिइन् । सोही क्रममा उनी गर्भवती भएको उनले बताइन् ।
 
आमिरले जेसिकालाई भनेका थिए गर्भपतन गर
आमिरले जेसिकालाई गर्भपतन गर्न समेत सुझाएका थिए । तर जेसिकाले उक्त कुरा मानिन् । पछि जेसिका लन्डन उडिन् । उनले बच्चा उही जन्माएकी हुन् । 

जेसिका लन्डन उडेपछि आमिरले भने ... 
जब जेसिका लन्डन उडिन् । त्यसपछि आमिरले उनीसँग आफ्नो केही सम्बन्ध नभएको बताएका थिए । त्यसपछि त्यो कुरा त्यसै सेलाएको थियो ।

लन्डनमा मोडलिङ गर्छन् आमिरका छोरा 
समाचारलाई पत्याउने हो भने आमिरका छोरा अहिले १५ बर्षका भएका छन् । उनी अहिले लन्डनमा मोडलिङ गर्दैछन् । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप