शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

भरतपुरको कपास उद्योगमा आगलागी

शुक्रबार, ०२ चैत २०७४, १० : ०८
शुक्रबार, ०२ चैत २०७४

चितवन । चितवनको भरतपुर महानगरपालिकास्थित हाकिमचोक नजिक रहेको रिजालचोकमा भीषण आगलागी भएको छ । 

सम्झना कोइरालाको कपास उद्योगमा शुक्रबार बिहान ९ बजेदेखि शुरु भएको आगलागी अहिले नियन्त्रणमा आएको छ । 

पानी तान्ने मोटर सट भएर आगलागी भएको जिल्ला प्रहरी कार्यालय चितवनमा डिएसपी प्रभु ढकालले रातोपाटीलाई जानकारी दिए ।

दमकल, नेपाली सेना, नेपाल प्रहरी तथा सशस्त्र प्रहरीसँगै स्थानीयहरुको प्रयास पछि आगो नियन्त्रणमा आएको थियो ।

आगलागीबाट भएको क्षतिबारे थप विवरण आउन बाँकी छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप