बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

एकदिवसीय क्रिकेटको मान्यता : इन्जमामदेखि क्लार्कसम्मको बधाईको ओइरो

शुक्रबार, ०२ चैत २०७४, ०९ : ३९
शुक्रबार, ०२ चैत २०७४

काठमाडौँ । नेपाली क्रिकेट टोलीले पहिलो पटक एकदिवसीय खेलका लागि मान्यता प्राप्त गरेपछि देश–विदेशबाट बधाईको ओइरो आइरहेको छ ।

बधाई दिनेमा विभिन्न देशका चर्चित पूर्व क्रिकेट खेलाडीसम्म रहेका छन् ।

नेपालले प्लेअफ खेलमा पपुवा न्युगिनीलाई हराउँदै एक दिवसीय खेल्ने राष्ट्र बनेको हो । नेपालले यता जीत निकाल्दा नेदरल्याण्डले पनि हङकङलाई पराजित गरेपछि नेपालले एकदिवसीय खेलका लागि मान्यता प्राप्त गर्यो ।

जीतपछि कप्तान पारस खड्काले धेरै वर्षको संघर्ष, त्याग र समर्पणपछि नेपाली टोलीले एक दिवसीय क्रिकेटका लागि मान्यता पाएको उल्लेख गर्दै नेपाली टोलीलाई साथ दिने सबैलाई धन्यवाद व्यक्त गरेका छन् ।

खेलपछि खड्काले भने, ‘यसका लागि हामीले लामो समय मिहिनेत गरेका छौँ । पूरै टिमले यसका लागि योगदान दिएको छ । हामी फरक अवस्थामा फरक खेलाडीको योगदानले खेल जितिरहेका छौँ । सबै खेलाडीले आ–आफ्नो तर्फबाट योगदान दिइरहेका छन् । कप्तानको रुपमा यस्तो टोलीको नेतृत्व गर्न पाउँदा निकै खुसी छु । हामी जहिल्यै सफलताका लागि भोका थियौँ ।’

हेरौँ नेपाली टोलीको जीतमा क–कसले के भने ?
 

माइकल क्लार्क

मुस्ताक अहमद

इन्जमाम उल हक

केभिन ओ ब्रयान

चार्ली ब्रुक

शेरबहादुर देउवा

पुष्पकमल दाहाल ‘प्रचण्ड’

बाबुराम भट्टराई

गगन थापा

भावना घिमिरे

क्रिकेट बंगलादेश

पबुदु दासनायके

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप