शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

सुर्यबिनायकमा अर्पण र ऋचाको ‘फेरि–फेरि’

शुक्रबार, ०२ चैत २०७४, ०८ : ४८
शुक्रबार, ०२ चैत २०७४

काठमाडौं – पुरन थापाको लेखन, निर्माण र निर्देशन रहेको चलचित्र  फेरि–फेरिको झण्डै ८५ प्रतिशत छायांकन सकिएको छ ।

माघ तेश्रो सातादेखि सुटिङ थालीएको फिल्ममा अर्पण थापा, ऋचा शर्मा, निर्देशक पुरन स्वयम्, धर्मेन्द्र आचार्य, निक शर्मा, ओमप्रतिक गुरुङ, लय संग्रौला, रश्मी पाण्डे, ध्रुव कोइराला, एलिना बास्कोटा, सोनीका बास्तोला, राम बुढाथोकीलगायतका कलाकारले अभिनय गरिरहेका छन् । 

चलचित्रको बिहीबार भक्तपुर, सूर्यबिनायकमा द्धन्द्ध दृश्यको छायांकन गरियो । फिल्मको क्लाइमेक्स फाइट झण्डै दश दिन लगाएर खिचीएको निर्देशक पुरनले जनाए । उनले अब चलचित्रको केही दृश्य, दुई गीत र एउटा फाइटको सुटिङ बाँकी रहेको बताए ।

फेरि फेरिको काठमाडौ उपत्यकाका भित्रका दृश्य खिचीसकेपछि दामन, चितवन हुदै कर्णाली पुलसम्म पुग्ने सेड्युल रहेको छ । नेपालमा पहिलोपटक अत्याधुनीक प्रबिधिको रेड इपिक डब्लु हेलियम एट के क्यामेराबाट खिचिएको फेरि फेरिको द्धन्द्ध एनबि महर्जनले निर्देशन गरेका छन् ।

बिहीबारको सुटिङमा गुण्डाहरुले अपहरण गरेर ल्याएको जन्ती बोकेको बसलाई अर्पण र ऋचाले बचाउने दृश्य र त्यससंगै हुने द्धन्द्धको दृश्य खिचियो ।  

आफ्ना बिगतका फिल्म भन्दा फेरि फेरिमा बेग्लै प्रकारको भूमिका रहेको अर्पणले बताए । ऋचाले पनि आफूले बिगतका फिल्ममा बिभिन्न भूमिका निर्वाह गरेको स्मरण गर्दै फेरि फेरिमा भने नौलो चरित्रमा अभिनय गर्न पाएको बताइन् । 

सुरेश बज्राचार्यले खिचिरहेको फिल्म दशैसम्म दर्शकमाझ ल्याउने योजना निर्माण युनिटको रहेको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप