शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

बजारमा 'जय मायाप्रेम’ - दाउरा उपहार..(भिडियो)

शुक्रबार, ०२ चैत २०७४, ०८ : ४२
शुक्रबार, ०२ चैत २०७४

काठमाडौं  -  राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै एल्बम ’जय मायाप्रेम’ सार्वजनिक गरिएको छ । अर्जुन रत्न भिकारीको एकल शब्द , चेतन सापकोटाको एकल संगीत र नारायण धितालको एकल स्वर रहेको एल्बम बजारमा आएको हो ।

वरिष्ठ कलाकार नीर शाह र नारायण र चेतनका गुरु चन्दन श्रेष्ठको उपस्थितिमा सार्वजनिक गरिएको एल्बममा चार गीत समावेश छन् । 

‘दाउरा उपहार’, ‘जरुवाको पानी सार्है मिठो’, ‘बिहे गरी लाने हो’ र ‘चिसो चिसो मन्द मन्दा बतास’ बोलको गीत समावेश यस एल्बमको सम्पूर्ण गीतको भिडियो सार्वजनिक गरिएको छ । गीतको भिडियोमा निकेश खड्का , तेन्जु योन्जन र युबराज वाइवाको निर्देशन रहेको छ । गीतहरुमा प्रियंका कार्की , बेनिशा हमाल , सुष्मा अधिकारी , सोनु घर्तिसँगै अर्जुन , नारायण र चेतनले समेत अभिनय गरेका छन् । तिन गीतको छायाँकन हिमाली भेगको मनोरम दृश्यमा गरिएकोछ , जसलाई सुदीप बरालले छायाँकन गरेका छन् । 

एक गीतको छायाँकन उत्तम हुमागाईले गरेका हुन् । गीतलाई क्रमस बजारमा ल्याइने जनाइएको छ । टीमले पहिलो कोसेली स्वरूप दाउरा उपहार बोलको गीत युट्युब मार्फत सार्वजनिक गरेको छ । गीतमा गीतकार अर्जुन रत्न र प्रियंका कार्कीको अभिनय रहेको छ । भिडियोलाई निकेश खड्काले निर्देशन गरेका हुन् । 

नारायण धिताल , गायक ( पहिलो एल्बम धड्कन र काइट्स ल्याएपछी यतिबेला अर्जुन र चेतनजीसंगको सहकार्यमा ’जय मायाप्रेम’ लिएर आएको छु । गीत गाउने रहर सानै देखि नै हो तर विदेश बसाइ भएकोले यसलाई निरन्तरता दिन सकेको थिइन् । तर अब बर्षमा एउटा गीत लिएर दर्शक तथा श्रोता माझ आउने कोसिश गर्नेछु । हाम्रो टीमले दर्शकको रोजाई अनुसारको गीत बनाउन सफल भएको छौ भन्ने विश्वास छ । 

अर्जुन रत्न , गीतकार ( यसमा हामीले सबै प्रकृतिका गीतलाई लिएर एल्बम बनाएका छौ । यसमा रमाइलो , स्याड र लभ गीत सम्पूर्ण छन् । गीतको भिडियोलाई हिमाली भेगको रमणीय दृश्यमा तयार गरेका छौ । आश छ दर्शकले रुचाउनु हुन्छ भन्ने । 

चेतन सापकोटा , संगीतकार ( विदेश भ्रमणको क्रममा उहाँहरुमा गीतसंगीत प्रति देखेको लगावकै कारण हामीले एल्बम गर्ने निधो गरेका हौ । एल्बममा मैले सबै किसिमको गीत तयार गर्ने कोसिस गरेको छु । गीतको भिडियो निर्माण गर्न कुनै सम्झौता गरिएको छैन । अर्जुनजीको शब्दलाई नारायणजीले न्याय गरेर गाउनु भएको छ । पहिलो भिडियोको रुपमा स्याद भर्सनको गीतलाई दर्शक माझ ल्याएका छौ । अब क्रमस सम्पूर्ण गीत ल्याउने छौ ।

<iframe width="560" height="315" src="https://www.youtube.com/embed/nZPsVnpUGKE" frameborder="0" allow="autoplay; encrypted-media" allowfullscreen></iframe>

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप