शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

तर, यी देशसँग खेल्न पाउने छैन नेपालले

शुक्रबार, ०२ चैत २०७४, ०७ : ३८
शुक्रबार, ०२ चैत २०७४

३० वर्षको प्रयासपछि नेपाल एकदिवसीय राष्ट्र नेपाललाई के भयो उपलब्धि ?

काठमाडौं - जिम्बावेमा सञ्चालन भइरहेको एकदिवसीय विश्वकप क्रिकेट छनोटमा पपुवा न्युगिनीसँग विजयी भएपछि नेपालको ३० वर्षे क्रिकेट इतिहासमा नयाँ ढोका खुलेको छ । आजको नयाँ पत्रिकाको पहिलो पृष्ठमा यो समाचार छापिएको छ ।

अब नेपालले चार वर्षसम्म एकदिवसीय र लिस्ट ए मान्यता पाएका राष्ट्रसँग खेल्न पाउनेछ । चार वर्षमा नेपालले विश्व क्रिकेट लिग, एसिया कप र इन्टरकन्टिनेन्टल कपजस्ता ठूलो प्रतियोगितामा प्रतिस्पर्धा गर्न पाउनेछ । यसबीच आइसिसी एकदिवसीय वरीयतामा नेपाल सूचीकृत हुनेछ ।

तर, एकदिवसीय मान्यता पाउँदैमा नेपालले अस्ट्रेलिया, भारत, इंग्ल्यान्ड, दक्षिण अफ्रिका, पाकिस्तान र न्युजिल्यान्डजस्ता राष्ट्रविरुद्ध खेल्न पाउने होइन । किनकि, उनीहरू पूर्ण रूपमा टेस्ट मान्यताप्राप्त टिम हुन् । नेपाल एसोसिएटका तर्पmबाट एकदिवसीयमा मात्र प्रवेश गरेको छ ।

त्यसैले, अस्ट्रेलिया तथा भारतजस्ता टेस्ट मान्यताप्राप्त टिमसँग एकदिवसीय क्रिकेट खेल्न पनि आइसिसी र सम्बन्धित बोर्डको स्वीकृति पाउनुपर्छ । एसिया कपमा भने भारत, पाकिस्तान, श्रीलंका, बंगलादेश र अफगानिस्तानजस्ता टेस्ट मान्यताप्राप्त टोलीसँग सीधै प्रतिस्पर्धा हुनेछ ।

एकदिवसीय मान्यताप्राप्त राष्ट्रका रूपमा नेपालले आइसिसीबाट अब प्रतिवर्ष ७ देखि ८ करोड रुपैयाँ प्राप्त गर्छ । यो रकम क्रिकेटका स्तरीय प्रशिक्षक, विदेशमा अभ्यास भ्रमण, खेलाडीको भत्ता, सुविधा तथा नियमित प्रशिक्षणमा खर्च गर्नुपर्छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पत्रपत्रिकाबाट
पत्रपत्रिकाबाट
लेखकबाट थप