शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

रोनाल्डोले चुने पोर्चुगलमा आफ्नो उत्तराधिकारी

मङ्गलबार, ३० जेठ २०७४, ०७ : ३१
मङ्गलबार, ३० जेठ २०७४

लिसबन – पोर्चुगलका युवा खेलाडी आन्द्रे सिल्भाले आफूलाई क्रिस्टियानो रोनाल्डोको उत्तराधिकारीको उपमा दिएकोमा कुनै दबाब महसुस नभएको बताएका छन् ।

२१ वर्षीय फरवार्ड सिल्भा हालै मात्र पोर्टोबाट इटालियन क्लब एसी मिलानमा ३८ मिलियन युरोमा अनुबन्ध भएका छन् ।
उनले राष्ट्रिय टोलीका लागि ८ खेलमा ७ गोल गर्दै उत्कृष्ट शुरुवात गरेका छन् ।

रोनाल्डोले समेत आफूले सन्यास लिँदा युरो २०१६ को विजेता टोली सिल्भाको उपस्थितिमा सही दिशामा हुने विश्वास व्यक्त गरेका छन् ।

‘जब म सन्यास लिनेछु, पर्चुगल सही हातमा हुनेछ । किनभने आन्द्रे सिल्भाजस्तो उत्कृष्ट स्ट्राइकल फेला परिसकेको छ,’ गजेटा डेलो स्पोर्टसँग कुराकानी गर्दै रोनाल्डोले सो कुरा बताएका हुन् ।

एसी मिलान जानअघि सिल्भासँग रोनाल्डोको टिप्प्णीबारे प्रतिक्रिया माग्दा उनले आफू यसबारे शान्त रहने बताए ।

‘यसबारेमा मैले टिप्पणी गर्न अघि मैले धेरै काम गर्न बाँकी छ । मैले एसी मिलान जानेबारे रोनाल्डोसँग कुरा गरेको छैन । उनले मेरो बारेमा भनेका कुराहरुको औचित्य पुष्टि गर्न म अझै मिहिनेत गर्न चाहन्छु,’ सिल्भाले भने ।

सिल्भाले गत सिजन पोर्टोका लागि २१ गोल गरेका थिए ।

उनी कन्फेडरेसन कपमा रोनाल्डोसँगै पोर्चुगलको जर्सीमा देखिनेछन् ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप