अध्यक्ष ओली र महासचिव पोखरेलको सम्बन्ध किन चिसियो ?
सपथ लिनु अघि मात्र पोखरेलले आफ्नो मन्त्रालय थाहा पाए
काठमाडौं - प्रधानमन्त्री समेत रहेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र रक्षामन्त्री एवम् एमाले महासचिव ईश्वर पोखरेलबीचको सम्बन्ध चिसिएको छ ।
प्रधानमन्त्री ओलीले अर्थमन्त्रीको दाबेदारका रुपमा रहेका पोखरेललाई रक्षामन्त्री बनाएपछि विवाद उत्कर्षमा पुगेको हो । आजको नेपाल समाचारपत्रको पहिलो पृष्ठमा यो समाचार छापिएको छ ।
समाचारमा लेखिएको छ, अर्थमन्त्री बन्ने आकाक्षांसहित पार्टी अध्यक्ष ओलीसँग लबिङ गरेका महासचिव पोखरेल अन्तिम समयसम्म अर्थमन्त्री हुनेमा ढुक्क थिए ।
दोस्रोपटक मन्त्रिपरिषद विसतार हुने दिन बालुवाटारमा ओली र पोखरेलबीच मन्त्रालयको बीचमा छलफल भएको थियो ।
पोखरेलले अर्थमन्त्रीबाहेक अन्य मन्त्रालयमा नजाने अडानसहित बाहिरिने क्रममा ओलीले महत्वपूर्ण मन्त्रालयको जिम्मेवारी दिने प्रतिवद्धतासहित शपथको तयारी गर्न आग्रह गरेका थिए ।
एमालेका एक नेताका अनुसार,
-सपथका लागि तयारीका साथ महासचिव पोखरेल शीतल निवास पुग्नुभयो ।
-कुन मन्त्रालय हो टुंगो लागेको थिएन ।
-शीतल निवासभित्र प्रवेश गरेपछि रक्षा मन्त्रालयबाट स्वागतका लागि तयारी अवस्थामा रहेको कर्मचारीको फोन आयो ।
-त्यसपछि महासचिव पोखरेल ओलीसँग निकै रुष्ट बन्नुभएको छ ।
रक्षा मन्त्रालयबाट खबर आएपछि मात्र मन्त्रालयको पत्तो पाएका पोखरेलले रक्षामन्त्रीको शपथ लिने कि नलिने दोधारमा परेका थिए । तर शीतल निवासमा सबै तयारी भएकाले सपथ लिने निर्णय लिनुभएको एमालेका एक नेताले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एसीसी प्रिमियर कप क्रिकेट : नेपालले यूएईलाई दियो १२० रनको लक्ष्य
-
सुप्रिम सहकारी प्रकरण: थुनछेक बहस सकियो
-
१२ बलमा १७ रन बनाउँदै आउट भए करण केसी
-
मौसम पूर्वानुमान चुस्त बनाउँदै विभाग, प्रणाली मर्मतका लागि विदेशी विज्ञको खोजी
-
नेपालले सातौँ विकेट गुमायो, दुई रन बनाउँदै आउट भए सोमपाल
-
अर्धशतक बनाउँदै आउट भए सन्दीप जोरा