बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

स्लोभेनियाका प्रधानमन्त्रीले दिए पदबाट राजीनामा

बिहीबार, ०१ चैत २०७४, १९ : ३५
बिहीबार, ०१ चैत २०७४

एजेन्सी– स्लोभेनियाका प्रधानमन्त्री मिरो सेरारले बुधबार अबेर प्रधानमन्त्री पदबाट राजीनामा दिएका छन् ।  कानुनी कमजोरीका कारण मुख्य परियोजना अवरुद्ध भएको केही घण्टापछि उनले राजीनामा दिनुभएको अधिकारीहरुले बताएका छन् । 

सरकारको सवै भन्दा ठुलो परियोजनाको रुपमा रहेको रेलमार्ग सम्वन्धी परियोजनामा सर्वोच्च अदालतले कमजोरी देखाएर रोक्न आदेश दिएपछि उनले राजीनामाको घोषणा गरेका हुन् ।  “जस्ले स्लोभेनीयाको सकारात्मक विकासलाई रोक्न चाहन्थे, तिनीहरूलाई यो परियोजना अवरुद्ध हुदाँ खुशी बनाएको छ, यस्ता घटना अरु नहोउन भन्ने म चाहन्छु,” प्रधानमन्त्री सेरारले भनेका छन् । 

राजधानीमा आयोजित पत्रकार सम्मेलनमा उनले आफ्ना सत्ता साझेदारहरू प्रति चरम असन्तुष्टी पनि व्यक्त गरेका छन् ।  सत्ता साझेदारको नाम नलिईकन उनले आफ्नो गठबन्धन सरकारमा रहेका दलले परियोजनाको महत्व बुझ्न नसकेको र अवमुल्यन गरेको आरोप लगाए । 

स्लोभेनीयाको सत्तारुढ गठबन्धनमा सेरारको सेन्ट्रल लेफ्ट पार्टी अफ मोडर्न सेन्टर, सोसल डेमोक्रयाट्स र पेन्सन पाउनेहरूको पार्टी डेसुस रहेका छन् ।  यो गठबन्धन सन् २०१४ को सेप्टेम्बर देखि सत्तामा रहेको थियो । आम निर्वाचन आउन तीन महिना अगाडी उनले राजीनामा दिएका हुन् । बाल्कान राज्यमा आउदो जुन महिनामा आम निर्वाचन हुने अपेक्षा गरिएको छ । 

सेरारको राजीनामा राष्ट्रपति बोरुट पहोरले स्वीकृत गर्दै नयाँ सरकार गठनका लागि आह्वान पनि गरिसकेका छन्  ।  उनले वर्तमान उपप्रधानमन्त्री पिटर पेलेग्रिनीलाई नयाँ सरकार गठनका लागि बिहीबार आह्वान गरेका छन्  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप