बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

मेयरकप भलिबलः प्रदेश नम्बर ४ द्वारा ६ पराजित

बिहीबार, ०१ चैत २०७४, १९ : १९
बिहीबार, ०१ चैत २०७४

इटहरी– इटहरी रङ्गशालामा प्रारम्भ भएको मेयरकप राष्ट्रिय पुुरुष भलिबल खेलअन्तर्गत आज भएको पहिलो खेलमा प्रदेश ४ ले प्रदेश ६ लाई पराजित गर्दै अघिल्लो चरणमा प्रवेश गरेको छ ।  नक आउटका आधारमा सञ्चालित खेलअन्तर्गत आज भएको पहिला खेलमा प्रदेश नं। चारको टिमले प्रदेश ६ को टिमलाई २५–६, २५–१६ र २५–२३ अंकको सोझो सेटमा पराजित गर्यो । 

क्षेत्रीय भलिबल संघको आयोजना तथा इटहरी उपमहानगरपाालिकाको प्रमुख प्रायोजनामा सुरु भएको प्रतियोगितामा सातवटै प्रदेशको सहभागिता रहेको छ ।  यसैगरी आजै भएको दोस्रो खेलमा प्रदेश ५ ले प्रदेश २ लाई २५–९, २५–९ र २५–१६ अंकको सोझो सेटमा पराजित गर्यो । 

आजै भएको अर्को खेलमा प्रदेश १ ले प्रदेश ७ लाई पराजित गर्यो ।  प्रदेश १ ले प्रदेश ७ लाई २५–१९, २५–१७ र २५–२० अंकको सोझो सेटमा पराजित गरेको हो । 

प्रतियोगिता विजेताले रु दुई लाख, उपविजेताले रु एक लाख, तेस्रो हुनेले रु ५० हजार र चौथो स्थान प्राप्त गर्नेले रु २० हजार पुरस्कार पाउने संघका अध्यक्ष विश्वराज धितालले जानकारी दिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप