बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

आइएमई र मुथुतफाइनान्सद्वारा भारत–नेपाल रेमिटेन्स सेवा शुरु

बिहीबार, ०१ चैत २०७४, १७ : ५५
बिहीबार, ०१ चैत २०७४

काठमाडौं– नेपालको आइएमई लिमिटेड र भारतको मुथुत फाइनान्सबीच रेमिटेन्स सेवा सुरु भएको छ । बिहिबारदेखि यी दुई संस्थाबीच संयुक्त सेवा सुरु भएको हो । यो सेवा सुरु भएसँगै भारतमा रहेका लाखौं नेपालीहरुले ४ हजार ६ सय शाखाबाट नेपालमा पैसा पठाउन सक्ने जनाइएको छ । यसरी पठाइएको रकम नेपालका ७ हजार १ सय भन्दा बढी आइएमई एजेण्ट आउटेलटबाट सम्बन्धित व्यक्तिद्वारा सजिलै लिन सक्ने जनाइएको छ ।

यसका लागि नेपालस्थित ग्लोबल आइएमई बैंक र भारतको आइबीएल बैंक साझेदार हुन सक्ने जनाइएको छ । रेमिट्यान्स सेवा कार्यक्रममा मुथुत फाइनान्सका तर्फबाट सो संस्थाका प्रबन्ध निर्देशक जर्ज एलेक्जण्डर मुथुत र प्रमुख महाप्रबन्धक के आर बिजिमोनको पनि उपस्थिति रहेको थियो । कार्यक्रममा नेपालस्थित आइएमईका तर्फबाट ब्यापार प्रबद्धन प्रमुख सुबास तामाङको उपस्थिति रहेको थियो ।

 कार्यक्रमलाई सम्बोधन गर्दै मुथुत फाइनान्सका प्रमुख महाप्रबन्धक बिजिमोनले नेपालको पहिलो र ठूलो रेमिटेन्स कम्पनी आइएमईसँगको सम्झौतापछि भारतमा रहेका करिब ५० लाख नेपालीहरुले आर्जन गरेको रकम नेपालमा रहेकाहरु र तिनका परिवार र आफन्तलाई भुक्तानी गर्न सजिलो हुने विश्वास व्यक्त गरे ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप