शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

३६० डिग्रीमा ट्राफिकको आँखा ! (भिडियो)

बिहीबार, ०१ चैत २०७४, १७ : ४४
बिहीबार, ०१ चैत २०७४

ललितपुर । ललितपुर ट्राफिक प्रहरीले ट्राफिक व्यवस्थापनका लागि नयाँ प्रविधि भित्र्याएको छ ।

दैनिक हुने ट्राफिक गतिविधीलाई निगरानीमा राख्न प्रहरीले ३६० डिग्री क्यामेरा ल्याएको हो ।

ललितपुर ट्राफिक प्रहरीका प्रमुख सीताराम हाछेथुका अनुसार अब यस क्यामाराले एकतिर मात्र होइन चारै दिशातर्फ निगरानी राख्न प्रहरीलाई सजिलो हुनेछ ।

‘कोही ट्राफिक नियम उल्लंघन गरेर भाग्छु भने अब त्यो सम्भव छैन । चारै दिशामा प्रहरीको निगरानी रहनेछ,’ उनले भने ।

ट्राफिक दुर्घटनाबाट सर्वसाधारणको सुरक्षाका लागि प्रहरीले नयाँ प्रविधि भित्र्याएको हाछेथुको भनाई छ ।

हेर्नुहोस् भिडियो :
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप