शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

ट्राफिक प्रहरीद्वारा हराएका १६ मोटरसाइकल फेला

बिहीबार, ०१ चैत २०७४, १७ : २९
बिहीबार, ०१ चैत २०७४

काठमाडौँ– महानगरीय ट्राफिक प्रहरी महाशाखाले हराएका १६ मोटरसाइकललाई फेला पारी सम्बन्धित धनीलाई जिम्मा लगाएको छ ।  महाशाखाले उपत्यकाका ठमेल, महाराजगञ्ज, बौद्ध, धुम्बाराही, सातदोबाटो, बागबजार, गल्फुटार लगायतका स्थानबाट हराएका मोटरसाइकलको खोजी गरी आज सम्बन्धित धनीलाई जिम्मा लगाएको हो ।

उत्तम श्रेष्ठ, गौरव रजक, केशव हुमागार्इं, बालकृष्ण खड्का, तीर्थमान तामाङ, कृष्णकुमार अछामी, टेकनाथ सुवेदी, हीरालाल घलान, आशीष श्रेष्ठ, राजु खड्का, सरोज खनाल, निश्चल शाह, राजन सिलवाल, पेमाचिवे शेर्पा र उदयकुमार सिंहको मोटरसाइकल जिम्मा लगाएको हो । 

महाशाखाका प्रहरी वरिष्ठ उपरीक्षक उमेश रञ्जितकारले हराएका मोटरसाइकल सम्बन्धित धनीलाई जिम्मा लगाएका हुन्  । जथाभावी मोटरसाइकल राखेर हिँड्दा चोरी हुने गरेकाले सुरक्षित ठाँउमा पार्किङ गर्न मोटरसाइकल चालकलाई उनले सुझाव दिए । 

महाशाखाले यो आर्थिक वर्षमा १६३ धनीको हराएका मोटरसाइकल फेला पारी सम्बन्धित धनीलाई जिम्मा लगाइसकेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप