बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

बलात्कार गरेको आरोपमा चारजना पक्राउ

बिहीबार, ०१ चैत २०७४, १७ : १६
बिहीबार, ०१ चैत २०७४

उर्लाबारी– बलात्कार गरेको आरोपमा प्रहरीले आज चार जनालाई पक्राउ गरेका छन् ।  पक्राउ पर्नेमा उर्लाबारी–४ का ३७ वर्षीय दिलीप माझी, २६ वर्षीय बुद्ध शिवा, २१ वर्षीय अर्जुन परियार र २६ वर्षीय केवल सुन्दास रहेको इलाका प्रहरी कार्यालय उर्लाबारीका प्रहरी निरीक्षक चन्द्रबहादुर थापाले जानकारी दिए । 

उर्लाबारी–४ स्थित किशान चोक नजिकै सोल्टी खोलामा १५ वर्षीया एक किशोरीलाई उनीहरुले बुधबार साँझ सामूहिक बलात्कार गरेका थिए । अर्की एक सोही उमेरकी किशोरी ती युवाबाट उम्केर प्रहरीलाई खबर गरेकी थिइन् ।  पक्राउ परेका सबैलाई जिल्ला अदालत मोरङमा जबर्जस्ती करणीअन्तर्गत मुद्दा दर्ता गरिएको प्रहरी निरीक्षक थापाले बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप