बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

भ्रष्टाचारलाई शून्यमा झार्छौः  मुख्यमन्त्री भट्ट

बिहीबार, ०१ चैत २०७४, १६ : ५७
बिहीबार, ०१ चैत २०७४

धनगढी– प्रदेश नं ७ का मुख्यमन्त्री त्रिलोचन भट्टले विभिन्न कानूनको निर्माण र जनताका दैनिक आउने समस्या समाधानमा प्रदेश सरकार केन्द्रित हुने बताएका छन् । 

प्रेस चौतारी र प्रेस सेन्टर नेपालले संयुक्त रुपमा आज यहाँ गरेको पत्रकार सम्मेलनमा मुख्यमन्त्री भट्टले कानून बनाउने, सुशासनको अनुभूति गराउने र भ्रष्टाचार शून्यमा झार्ने प्रदेश सरकारको पहिलो प्राथमिकताको विषय भएको स्पष्ट पारे । 

उनले प्रदेशको नामकरण र स्थायी राजधानीको विषयमा छलफल गरिने बताए । उनले भने, “प्रदेश सरकारले परिवर्तनको अनुभूति गराउने गरी काम अघि बढाउन लागेको छ ।” 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप