बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

कर्णाली प्रदेश कार्यालयमा केन्द्रले खटाएका कर्मचारी जानै मानेनन्, काम ठप्प

बिहीबार, ०१ चैत २०७४, १५ : ०२
बिहीबार, ०१ चैत २०७४

सुर्खेत–कर्मचारी नहुँदा प्रदेश सरकारको कार्यालय सञ्चालनमा समस्या देखिएको छ । कर्णाली प्रदेशमा केन्द्र सरकारले खटाएका २ सय १५ मध्ये १ सय बढी कर्मचारी अझै आइनपुग्दा कार्यालय सञ्चालनमा समस्या देखिएको हो ।  कर्मचारी नआएपछि कार्यालयको दैनिकी कामकाजमा समेत समस्या भएको छ, मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव सुरेश प्रधानले जानकारी दिए ।  केन्द्र सरकारले खटाएको केही कर्मचारी कर्णाली प्रदेशमा आउन नमानेको समेत उनले बताए । मन्त्रालयमा आएका केही कर्मचारी पनि हाजिरी दर्ता गरेर फर्किएको उनको भनाई छ । 

अझै कार्यालयमा आधाभन्दा धेरै कर्मचारी आउँन बाँकी रहेका छन् । संघीय सरकारले खटाएका सम्पूर्ण कर्मचारी आए प्रदेश सरकारको काम तदारुक्ताका साथ अघि बढ्ने उनको भनाई छ । अहिले प्रदेश सरकारको नीति निर्माण लगाएत अन्य काम प्रभावित बनेको सचिव प्रधानले बताए ।     मुख्यमन्त्री तथा मन्त्रिपरिष्दको कार्यालयमा २१ जना कर्मचारीको दरबन्दी रहेकोमा १६ जना कर्मचारी आइसकेको कार्यालयले जनाएको छ ।

आन्तरिक मामिला तथा कानून मन्त्रालयमा २९ जना कर्मचारीको रबन्दी रहेकोमा अहिले सम्म २३जना कर्मचारी मात्रै उपस्थिति भएको उपसचिव भक्तबहादुर कार्कीले जानकारी दिए । अहिले कार्यालयमा कर्मचारी नहुँदा एउटै कर्मचारीले २÷३ वटा फाँटको कार्यभार समाल्नु परेको उनले गुनासो पोखे । 

त्यस्तै आर्थिक मामिला तथा योजना मन्त्रालयमा जम्मा १८ जना कर्मचारीको दरबन्दी रहेको छ भने ११ जना कर्मचारी आइसकेका छन् । कार्यालयमा कानुनतर्फ एकजना अधिकृत र राजश्वतर्फ एक उपसचिव एक अधिकृत आएको सचिव ढुण्डिराज निरौलाले जानकारी दिए छ । 

सामाजिक विकास मन्त्रालयमा ३० कर्मचारीको दरबन्दीमा १६ कर्मचारी मात्रै उपस्थिति जनाएको निमित्त सचिव भक्तबहादुर ढकालले जानकारी दिए । अरु कर्मचारी अझै कार्यालयको सम्र्पकमा आइृनपुगेको उनको भनाई छ । त्यस्तै, उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालयमा जम्मा २९ जना कर्मचारीको दरबन्दी रहेको छ भने अहिलेसम्म २२ जना कर्मचारी मात्रै उपस्थित भएको सचिव विद्यानाथ झाले जानकारी दिए । कार्यालयमा अहिले सबै कर्मचारी नआएको र आएका मध्ये २ जना कर्मचारी कार्यालयमा नबस्ने इच्छाले हाजिर लगाएर फर्किएको उनले जानकारी दिए । 

भूमि ब्यबस्था कृषि तथा सहकारी मन्त्रालयमा ३० दरबन्दी छ भने १८ जना कर्मचारी मात्रै आइपुगेको कार्यालयले जनाएको छ । अहिलेसम्म कार्यालयमा कुनैपनि उपसचिव र नापी लगायतको क्षेत्रमा कुनैपनि कर्मचारी नआएको कार्यालयले जनाएको छ ।

भौतिक मन्त्रालयको काम ठप्प
भौतिक पूर्वाधार विकास मन्त्रालयमा अझै पनि सचिव आइनपुगेको कार्यालयका उपसचिव केशवराज रिजालले जानकारी दिए । केन्द्र सरकारले खटाएका सचिव प्रकाश रघुवंशी अझै कार्यालयको सम्र्पकमा नआएको भन्दै कामकाज ठप्प भएको उनले बताए ।  

‘मन्त्रालयमा प्रमुख सचिवजस्तो मान्छे नहुँदा एक हिसाबले काम ठप्पनै छ भनौँ ।’ उनले भने, ‘हामिले गर्नुपर्ने काम त गरिरहेकै छौँ, तैपनि मुख्य भनेको सचिवनै हो उहाँनै नभए त काम कसरी अघि बढ्न सक्छ ?’  मुख्यमन्त्रीको कार्यालयबाट पटक–पटक ताकेता गरेपनि अझै आइनपुगेको उनको भनाई छ ।

प्रदेशको पूर्वाधार विकास लगायत अन्य कार्यालयको काम कारबाहीमा समस्या भएको उनको भनाई छ । कार्यालयमा खटाईएका पुरा कर्मचारी नहुँदा समेत मन्त्रालयको काम अघि बढ्न नसकेको बताए  । कार्यालयमा २४ दरवन्दि मध्य १५ जना कर्मचारी मात्रै उपस्थित भएका छन् । 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप