शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

३२ वर्षे अर्बपतिले आफूलाई मारेर यसो गर्न तिरे १० हजार अमेरिकी डलर

बिहीबार, ०१ चैत २०७४, १४ : ०७
बिहीबार, ०१ चैत २०७४

काठमाडौं–सिलिकन भ्यालीकेन्द्रित एक अर्बपतिले आफूलाई मारेर सधैंका लागि आफ्नो दिमाग संरक्षणका गर्न १०,००० अमेरिकी डलर तिरेका छन् । ‘वाई कम्बिनेटर’का अध्यक्ष स्याम अल्टम्यानले हालसालै यसका लागि ‘नेक्टोम’सँग सम्झौता गरे ।

उद्यमी स्याम अल्टम्यान ‘नेक्टोम’को सूचि रहेका २५ जनामध्य एक हुन । ‘नेक्टोम’ मानिसको दिमागमा रहेका सामाग्रीहरु कम्प्युटरमा अपलोड गरेर सुरक्षित गर्ने काम गरिरहेको कम्पनी हो ।
तर यो प्रक्रियामा मानिसलाई ‘चिकित्सकको सहयोगमा आत्महत्या’ गरे जस्तो प्रक्रियाबाट गुर्जनु पर्नेछ । ‘चिकित्सकको सहयोगमा गरिने आत्महत्या’लाई अमेरिकाको पाँच राज्यमा मात्र अनुमति प्रदान गरिएको छ । 

एम.आई.टी. टेक्नोलोजी रिभ्यूका अनुसार अल्टम्यानले सहमती जनाएको प्रक्रियामा दिमागलाई पहिले विभिन्न प्रक्रिया माध्यमबाट संरक्षण गरिन्छ । यसरी संरक्षित दिमागको सूचना भविष्यमा कम्प्युटरमा राख्न सकिने विश्वास गरिन्छ ।

यसका लागि जिउदों ग्राहकलाई विशेष मेसिनमा राखेर नेक्टोमले संरक्षण गर्ने रसायन दिन्छ । कम्पनीले यो प्रक्रिया ‘१००% प्राणघातक’ भएको बताएको छ । “प्रयोगकर्ताले यस प्रक्रियामा चिकित्सकको सहयोगमा हुने आत्महत्याजस्तो अनुभव गर्नेछन् ।” नेक्टोमका सह–सस्थापक रोवर्ट म्याकइन्टेरले एम.आई.टी. टेक्नोलोजी रिभ्युलाई भने ।

कम्पनीको वेबसाइटमा लेखिएको छ “यसरी संरक्षित गरिएको दिमागका सुचनालाई यही शताब्दीभित्र डिजिटलकरण गर्न सक्षम हुने विश्वास गरिन्छ र तिनलाई तपाईको चेतना पुननिर्माण गर्न प्रयोग गर्न सकिन्छ ।”

संरक्षण गर्ने तरल पदार्थले शरिरलाई जमाइदिनेछ र दिमागलाई जस्ताको तस्तै सुरक्षित राख्नेछ । यसले दिमागलाई सयौं अझ हजारौं वर्षसम्म सड्नबाट जोगाउँछ । तर यो विधिले काम गर्नको लागि दिमाग जिवित हुनुपर्ने कम्पनीले बताएको छ ।

नेक्टोमले आफूलाई रकम तिरेका मानिसहरु मर्ने अवस्थामा पुगेपछि तिनका मुटु र फोक्सो मेसिनमा जोडेर तिनको घाटीको ठूलो नसाबाट संरक्षण गर्ने रसायनको यौगिक पठाउने योजना बनाएको छ । यो प्रक्रियाबाट गुज्रिरहेका मानिस लठ्ठाउने औषधीले बेहोस बनाइएका भएपनि जिवितनै हुनेछन् ।

यो अभ्यासलाई ‘चिकित्सकको सहयोगले गरिने आत्महत्या’ मानिनेछ । हाल यसलाई अमेरिकाका ५० मध्य ५ राज्यमा मात्र अनुमति प्रदान गरिएको छ । बाँकी संसारको पनि एक दम कम मुलुकमा यसलाई स्वीकृती प्रदान गरिएको छ । अनुमति दिने राज्यहरुमा पनि ६ महिना वा त्यो भन्दा कम बाच्ने भनिएका निको नहुने रोगले ग्रसित विरामीलार्ई मात्र यसको अनुमति रहेको छ ।
हाल नेक्टोमले यस सम्बन्धी जानकार कानुनविदहरुसँग सल्लाह गरिरहेको बताएको छ । 

मानविय चेतनालाई कम्प्युटरमा हाल्ने विचार हाल सिलिकन भ्यालीका वैज्ञानिक माझ लोकप्रिय भइरहेको छ ।

नेक्टोमलाई विशाल संघीय सहयोग प्राप्त छ । र, हाल यसले एम.आई.टी. विश्वविद्यालयका स्नायुवैज्ञानिकहरुसँग सहकार्य गरेर काम गरिरहेको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप