शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

बेसीशहर नगरपालिकामा विद्युतीय हाजिरी

बिहीबार, ०१ चैत २०७४, १३ : ४८
बिहीबार, ०१ चैत २०७४

लमजुङ– लमजुङको बेसीशहर नगपालिकामा विहिबारबाट विद्युतीय हाजिरी शुरु भएको छ । 

कार्यालयको कामप्रति कर्मचारीलाई जिम्मेवार र जवाफदेही बनाउने उद्देश्यले विद्युतीय हाजिरी जडान गरिएको बेसीशहर नगरपालिकाका प्रमुख गुमानसिंह अर्यालले बताए ।  

दैनिक हाजिरी रजिस्टरमा हाजिर गर्दा कर्मचारी कार्यालयमा आउने तथा बाहिर जाने समय थाहा नहुने भएकाले विद्युतीय माध्यमबाट हाजिर गर्दा एकिन समय थाहाहुने भएकोले विद्युतीय हाजिरी महत्वपूर्ण मानिन्छ । 

नगरपालिकालाई प्राविधि मैत्री बनाउन र कर्मचारीलाई समयसिमामा रहन विद्युतीय हाजिरीले सहयोग पु¥याउने प्रमुख प्रशासकीय अधिकृत भिम प्रसाद तिवारीले बताए । हाल बेसीशहर नगरपालिकामा ४३ जना कर्मचारी रहेका छन् ।  

यसैगरी बेसीशहर नगरपालिकाले नगरभित्रका १६ वटा विद्यालयमा आगामी शैक्षिकशत्रबाट लागु हुनेगरी बैशाख १ गतेबाट विद्युतीय हाजिर शुरु गर्ने भएको छ । 
नगरपालिकाको ८० प्रतिशत र सम्बन्धित विद्यालयको २० प्रतिशत लगानीमा विद्युतीय हाजिरी मेसिन जडान गर्न लागिएको नगरपालिकाका कार्यक्रम अधिकृत सन्तोष दनाईले बताए । 
     

 
  
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप