शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

लमजुङका सबै स्थानीय तहमा बैंक, सदरमुकाम सम्म जानुपर्ने बाध्यता हट्यो

बिहीबार, ०१ चैत २०७४, १३ : ४५
बिहीबार, ०१ चैत २०७४

बेसीशहर–सिभिल बैंकले एकै महिनामा लमजुङको दुर्गम भेगमा रहेको २ स्थानिय तह दुधपोखरी गाउँपालिका र क्व्होलासोंथर गाउँपालिकामा छुट्टाछुट्टै शाखा बिस्तार गरेको छ ।

 सिभिलले गत शनिबार दूधपोखरी गाउँपालिकाको गौंडा शाखा र आइतबार क्व्होलासोंथर गाउँपालिकाको मालिङ शाखा संचालनमा ल्याएसंगै जिल्लाका सवै स्थानीय तहमा बैंकको पहु“च पुगेको हो ।
 बित्तीय पहु“च पु¥याउन नेपाल राष्ट्र बैंकले हरेक स्थानीय तहमा बैंक पु¥याउने नीति लिएअनुरुप सवै स्थानीय तहमा बैंक स्थापना भसकेको छ । ८ स्थानिय तह रहेको लमजुङमा सिभिल बैंकलेमात्रै ५ स्थानीय तहमा बैंकको शाखा खोलेको छ । सिभिल बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरुङका अनुशार जिल्ला सदरमुकाम बेसीशहरमा नगरपालिकामा बैंकको औपचारिक उद्घाटन हुन बा“की छ । 

स्थानीय तहको बैंकिङ कारोबारका लागि सदरमुकाम पुग्नुपर्ने बाध्यता अब विस्तारै हटदै गएको सरोकारवालाहरु बताउँछन । एक वर्षसम्म बैंकिङ कारोबारका लागि सदरमुकाम आउजाउ गर्दा उपभोक्ता समिति, सामाजिक सुरक्षा भत्ताका लाभग्राही समस्यामा परेका थिए ।
 अब भने सबै तहका नागरिक र सम्बन्धित निकायले स्थानीय तहबाटै बैंकिङ कारोबार गर्न पाउने भएका छन् । 
नयाँ संरचना अनुसार बजारीकरण, आर्थिक गतिविधि तथा ब्यवसायिक चहलपहल बढेसंगै राष्ट्रिय स्तरका ‘क’ श्रेणीको बैंकले स्थानीय तहमा बैंकको सेवा विस्तार गरेका छन् । जिल्ला सदरमुकामवाट मात्रैँ हुने बैकिँङ कारोबारहरु अव स्थानिय तहवाटै हुँदा सर्वसाधारणलाई सुविधा पुग्ने राइनास नगरपालिकाका प्रमुख सिंहबहादुर थापाले बताए । 

दोर्दी गाउँपालिकामा जनता बैंकले कारोबार सुरु गरीसकेको छ । बेंसीसहर, सुन्दरबजार र मध्यनेपाल नगरपालिकाको भोर्लेटारमा भने यसअघि नै बैंक संचालनमा रहेका थिए । 

नेपाल राष्ट्रबैंकका संचालक सदस्य रामजी रेग्मीले हरेक नागरिकको बैंकखाता हुनुपर्ने बताए । ‘गाउँँमा वित्तीय पहुँच पु¥याउन हामीले हरेक स्थानीय तहमा कम्तीमा एउटा बैंक पु¥याउने नीति लिएका छौं । संघीय संरचना अनुसार बित्तीय संरचनालाई स्थानीय तहमा पु¥याइनुपर्छ’ उनले भने, ‘जहा“ वित्तीय संस्था हुँदैन, त्यहाँ आर्थिक गतिविधि अघि बढ्न सक्दैन ।’ उनले वित्तीय संस्था गाउँगाउँमा पुगेकाले अब वित्तीय साक्षरताको आवश्यकता रहेको औंल्याए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप