बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

कानुन अभावमा काम गर्न अप्ठेरो छ : मुख्यमन्त्री भट्ट

बिहीबार, ०१ चैत २०७४, १३ : ३७
बिहीबार, ०१ चैत २०७४

कैलाली–प्रदेश नं ७ का मुख्यमन्त्री त्रिलोचन भट्टले कानुन अभावका कारण धेरै कुरा गर्न नसकेको बताएका छन् । प्रेस चौतारी नेपाल र प्रेस सेन्टर नेपालको संयुक्त आयोजनामा विहिबार कैलालीमा भएको पत्रकार सम्मेलनमा उनले सो कुरा बताएका हुन् ।

संघीयताको अभ्यासमा देश अघि बढिसकेकोले यसलाई स्थापित गर्नका लागि तत्काल कानुन निर्माण आवश्यक भएको बताउँदै मुख्यमन्त्री भट्टले अब बन्ने कानुनबाट भ्रष्टाचार न्यूनिकरण, सुशासन, कर्मचारी समायोजन लगायतका थुप्रै समस्या समाधान भएर जाने पनि बताए ।

उनले प्रदेश नं. ७ मा सुरक्षा चुनौती बढेको नभई समाजिक चेतनाको अभावका कारण घटना हुने गरेको दावी गरे ।

सामाजिक चेतनाको अभाव हुन नदिन सबैको हातेमालो आवश्यक भएको उनले बताए । अब केही दिनमा प्रदेश संचालनका लागि अल्पकालिन बजेट ल्याउने तयारी भइरहेको मुख्यमन्त्री भट्टको भनाई छ ।

घोडाघोडी नगरपालिका ५ मा बोक्सी आरोपमा  राधा चौधरीमाथि भएको कुटपिटको घटना र नगरप्रमुखमाथि भएको आक्रमणका विषयमा सुरक्षा समितिसँग जानकारी लिई आवश्यक कारबाहीका लागि पहल गर्ने समेत उनले जनाए । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप