बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

चोरीका १६ वटा मोटरसाइकल भेटिए

बिहीबार, ०१ चैत २०७४, १२ : ३४
बिहीबार, ०१ चैत २०७४

काठमाडौ । प्रहरीले काठमाडौंको विभिन्न स्थानबाट चोरी भई नियन्त्रणमा लिइएको १६ वटा मोटरसाइकलसम्बन्धित धनीलाई बुझाएको छ । 

महानगरीय ट्राफिक महाशाखाले विहिबार चोरी भई नियन्त्रणमा लिइएका १६ वटा मोटरसाइकल सम्बन्धित धनीलाई बुझाएको हो । 

हराएको भन्ने उजुरीको आधारमा खोजी गर्दा फेला परेको मोटरसाइकल सम्बन्धित धनीलाई बुझाइएको महाशाखाका प्रहरी नायव निरीक्षक विजय गौतमले जानकारी दिए ।

उनले चोरी भएका १६ वटा मोटरसाईकल मध्ये धेरैजसो बेवारिसे अवस्थामा भेटिएको पनि जनाए ।

चोरी भएका कतिपय मोटरसाईकल भने जनपथ प्रहरीेले नियन्त्रणमा लिई ट्राफिक प्रहरी महाशाखालाई बुझाएको थियो । 

महानगरीय ट्राफिक प्रहरी महाशाखाले हराएका मोटरसाईकल खोजी गरी सम्बन्धित धनीलाई बुझाउने गर्दछ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप