शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

श्रीमान मजदुरी गर्न भारतमा, ससाना नानी छाडेर नगदसहित श्रीमती बेपत्ता

बिहीबार, ०१ चैत २०७४, १२ : २१
बिहीबार, ०१ चैत २०७४

कञ्चनपुर । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–७, झण्डाबोझकी २८ वर्षीया पुजा चौधरी नगद तथा गहनासहित बेपत्ता भएपछि ससाना बालबालिकाको विजोग भएको छ । 

श्रीमान् मजदूरी गर्न भारतमा गएका बेला ससाना बालबालिका छाडेर चौधरी बेपत्ता भएपछि बालबालिकाको विजोग भएको हो ।

फागुन १९ गते नगद रु ५० हजार र सुनको तिलहरी लिएर उनी बेपत्ता भएको उनका श्रीमान् वीरबहादुर चौधरीले बताए । 

भारतबाट आएकै राति घरबाट नगद रकम र सुनको तिलहरी लगेर बेपत्ता भएको नले बताए। सम्भावित धेरै ठाउँमा खोजतलास गर्दासमेत फेला पार्न नसकेको उनको भनाइ रहेको छ । 

छ वर्षको छोरालाई छाडेर बेपत्ता भएपछि निकै अप्ठरो परेको उहाँले दुखेसो पोख्नुभयो । “भारतमा छ महिना कमाएको पैसा पठाएको थिएँ, घरमा पुग्दा न त श्रीमती भेटिइन्, नत पठाएको रकम” उनले भने । खोजतलास गर्दा नभेटेपछि प्रहरीलाई गुहारेको उनले बताए । 

यसैगरी, केही महिना अघि छिमेकी गाउँकी एक महिलासमेत बालबालिकासहित बेपत्ता भएकी थिइन् । हालसम्म उनको समेत पत्तो लाग्न सकेको छैन । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप