बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

गुल्मीमा ६ वर्षीया बालिका बलात्कृत, दोषीलाई जोगाउन चलखेल

बिहीबार, ०१ चैत २०७४, १२ : ००
बिहीबार, ०१ चैत २०७४

गुल्मी । मंगलबार दिउँसो साढे चार बजेको समयमा बलात्कृत भएकी गुल्मीको ईस्माकी ६ वर्षीया बालिका यति बेला अस्पतालमा उपचार गरिरहेकी छन् । 

समाजका केही ‘अगुवा’हरु भने उनलाई बलात्कारको मामिला रफा दफा गर्न लागिपरेका छन् । बालात्कारीलाई कसरी कम सजाएँ दिउलाउन सकिन्छ भनेर बचाउको चललेखेलमा लागेको स्रोतले जनाएको छ ।

ईस्मा गाउँपालिका वडा नम्बर–३  नयाँ पोखराको हनुमान मन्दिर पछाडीको एकान्तस्थानमा ६ वर्षीया बालिका लाई  सोही गाउँपालिका वडा नम्वर वडा नम्वर ४ दर्लामचौरका प्रमाणगत रुपमा उमेर नखुलेका हिमाल दर्जीले बलात्कार  गरेका थिए । 

बलात्कार पछि यौनाङका छेदन भई रक्तश्राव भएर बालिकालाई जिल्ला अस्पतालमा उपचार हुन नसकी बुधवार लुम्विनी मेडिकल कलेज पाल्पा प्रभासमा रिफर गरिएको छ ।  

मन्दिरभित्रै ६ वर्षीया बालिका बलात्कृत, अबस्था गम्भीर

जिल्ला अस्पताल गुल्मीका सूचना अधिकृत डाक्टर सुरेन्द्र रायमाझीका अनुसार बलात्कृत बालिकाको यौनाङ्गदेखि मलद्वारसम्म छेदन भइ उक्त घाउ सिलाउन सम्भव नभएर पाल्पा रिफर गरिएको हो ।  

यता, दोषी दर्जीलाई शुरुकै दिनदेखि उमेर कम देखाएर नाबालक बनाउने चलखेल स्थानीय केहि व्यक्तिहरुले गरिरहेको प्रहरी स्रोतबाट जानकारी प्राप्त भएको छ ।  

पीडकले आफू अहिले चौध वर्षको भएको बताइरहेका छन् । तर, प्रहरीका अनुसार उनको शारीरिक अवस्था र वीर्य परिक्षणको रिर्पोट हेर्दा र शुरुमा उनले आफै १६ वर्ष पुगेको बताएकाले सोही उमेरबाट मुद्धा दर्ता गरिएको प्रहरीले बताएको छ ।

घटना विवरण बताउँदै जिल्ला प्रहरी कार्यालय गुल्मीका निमित्त प्रवत्ता प्रहरी निरीक्षक डाक्टर प्रसाद चौधरीले भने, ‘निजले चाउचाउ खान जाउँ भन्दै पैसाको समेत प्रलोभन देखाउँदै बलात्कार गरेको र निजलाई हिरासतमा लिएर कार्वाही प्रकृया अगाडी बढाइएको छ  ।’

प्रभास अस्पतालका छोरीको उपचार गराई रहेकी उनकी आमा बेलाबेलामा भक्कानिन्छिन् । छोरी रुने र डराउने गरिहन्छिन् । त्यहाँबाट टेलिफोनमा हामीसँग कुराकानी गर्दै उनकी आमाले भनिन्, ‘मेरी छोरीको जिन्दगी बर्बाद गर्ने निजलाई कडा भन्दा कडा कारवाही हुनुपर्छ ।

शुरुमा छोरीले लडेर यौनाङ्गमा दाउराको छेस्को पसेर रगत आएको भनेर ढाँटिन्, पछि फकाउँदै सोध्दा त्यही हिमालले चाउचाउ खान जाउँ भन्दै मन्दिरमा लगेर जवरजस्ती आफुलाई त्यस्तो कार्य गरेको र आफू धेरैबेर सम्म त्यही वेहोस भएर पल्टेको उनले बताएको आमाले जानकारी दिइन् ।

यता, स्थानीय तहमा जो जसले चलखेल गरेपनि निजलाई मुलुकी ऐन २०२० को जवरजस्ती करणीको महल अनुसार कार्वाही हुने प्रहरी निरक्षक चौधरीले बताए ।

पछिल्लो एकदशकका बलात्कार घटनाहरु मध्ये गुल्मीमा बलात्कृत हुने सबभन्दा कम उमेर ६ वर्षकी बालिका हुन् उनी । गत वर्ष आफ्नै बाबुले ६ वर्षीया छोरीलाई जवरजस्ती करणी गरेको भन्दै प्रहरीमा मुद्दा दायर भएको थियो ।


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

प्रेम सुनार
प्रेम सुनार

 सुनार रातोपाटी प्रदेश ५ का विशेष प्रतिनिधि हुन् ।

लेखकबाट थप