बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

करनजित कसरी बनिन् सन्नी लियोन : यस्तो छ कहानी, अब चलचित्र पनि बन्ने

बिहीबार, ०१ चैत २०७४, ११ : २५
बिहीबार, ०१ चैत २०७४

मुम्बई– बलिउडमा सन्नी लियोनका चलचित्र खासै हिट भएका छैनन् । तर पनि उनलाई चाहनेको कुनै पनि कमी छैन । उनी हरसमय चर्चामा समेत रहने गर्छिन् । एक पोर्नस्टरबाट बलिउड अभिनेत्रीसम्मको यात्राको समाचार बेलाबेलामा सार्वजनिक भएकै विषय हो ।

साधारण गाउँकी केटी करनजित कसरी पोर्न चलचित्र उद्योगमा पुगिन् । यसको पछाडि के कहानी रहेको छ । यस विषयमा उनका प्रसंशक जान्न चाहन्छन् । सन्नीको यो विषयमा चलचित्र पनि बन्ने भएको छ । सन्नी आफैले यसको जानकारी गराएकी हुन् । उनले आफ्नो जीवनसँग जोडिएको सबै विषय चलचित्रमा समेटिने समेत बताएकी छन् ।

‘चलचित्रमा मेरो जिन्दगीका सबै तीतामीठा पल समेटिने छन्’ उनले भनिन्– ‘मेरो बालपनदेखि अहिले आमा बन्दासम्मको यात्रा चलचित्रमा समेटिनेछ ।’ 

सन्नीका बुबा पन्जाबी
सन्नीका बुबा पन्जाबी थिए । उनकी आमा हिमाञ्चल प्रदेश रिमौरकी थिइन् । यही कारणले आमाबुबाले उनको नाम करनजित कौर राखेका थिए । उनको पासपोर्टमा पनि यही नाम छ । जब उनी १३ वर्षकी थिइन् । सो समय उनको पूरै परिवार क्यानडनबाट अमेरिकाको क्यालिफोर्नियामा सरेका थिए ।

सामान्य स्कुलमा पढ्थिन् 
सन्नी उर्फ करनजितले स्कुल लेबलकी पढाइ पब्लिक स्कुलमा नगरेर आम क्याथलिक स्कुलमा पूरा गरेकी थिइन् । त्यसपछि उनले नर्सिङ अध्यायन गरेकी थिइन् ।

उनले १९९९मे हाई स्कुलबाट डिग्री गरेर कलेज भर्ना भएकी थिइन् । यसैबीचमा बदलिएको हालत र माहौलले उनलाई अचानक करनजितबाट एडल्ट स्टार सन्नी लियोनमा परिणत गर्यो । करनजितले २००२ बाट पोर्न चलचित्र उद्योगमा पहिलो कदम राखेकी थिइन् 

करनजित बनिन् सन्नी लियोन
पोर्न उद्योगमा पाइला चाल्नुपूर्व सन्नीले आफ्नो पहिलो जब १९ वर्षको उमेरमा सुरु गरेकी थिइन् । पाकेट खर्चका लागि उनले एक जर्मन बेकरीमा वेटर्सका काम गरेकी थिइन् ।

त्यसपछि उनले एक टेक्स एन्ड रिटायरमेन्ट फर्ममा समेत काम गरिन् । जुन समय उनी चिकित्सा नर्सको काम गरिरहेकी थिइन् । सो समय उनको एक साथीले उनलाई मोडलिङको सल्लाहसमेत दिएकी थिइन् ।

उनले एक म्यागजिनका लागि फोटोसुट गर्न अवसरसमेत मिलाएकी थिइन् ।  यही समयदेखि उनको जीवन परिवर्तन भयो । उनी करनजित कौरुबाट सन्नी लियोन बनिन् ।


 
पोर्न फिल्मबाट भयो करियरको सुरुवात
पोर्न फिल्ममा करियर सुरु गर्नु पहिले सन्नीले पेन्टहाउस नामक एक एडल्ट म्यागजिनका लागि तस्बिर सुट गराएकी थिइन् । यसपछि उनका लागि नयाँनयाँ प्रस्तावको ओइरो लाग्यो । म्याजिनको नुड तस्बिरले उनका लागि विभिन्न अवसरको ढोका खोल्यो ।

यो समय उनलाई पैसाको अलवा देशविदेश घुम्ने अवसरहरू पनि थुप्रै हात लागे । सायद यही कारण थियो होला उनले पोर्न फिल्म उद्योगमा आफ्नो कदम राखिन् । उनले २००३ मा अमेरिकी पोर्न इन्डस्ट्रीको सबैभन्दा ठूलो प्रोडक्स हाउस विविड एन्टरटेनमेन्टमा तीन वर्षका लागि अनुबन्धित भइन् । यसपछि उनी हार्डकोर प्रोनोग्राफीको दुनियामा पनि प्रवेश गरिन् ।

३५ एडल्ट चलचित्रमा काम गरेकी सन्नीले २५ एडल्ट फिल्मको निर्देशनसमेत गरेकी छन् । उनले केही फिल्म र टिभी सोमासमेत काम गरेकी छिन् । उनी अमेरिकन पोर्न उद्योगमा मात्र नभएर एसियामा समेत लोकप्रिय छिन् ।

बलिउड अभिनेत्री र चर्चा 
एक अन्तरवार्ताका क्रममा उनले के बताएकी थिइन् भने अमेरिकाको जुन पोर्न फिल्म उद्योगमा उनले काम गरेकी थिइन् त्यहाँ यस्ता कलाकारलाई बाल कलाकारको दर्जा दिइने गरिन्छ । फिल्ममा राम्रो अभिनय गरेका कारण उनलाई केही अवार्डसमेत दिइएको थियो । 

तर भारतमा यस्ता चलचित्रलाई इज्जतका हिसाबले हेरिँदैन । उनले भनिन्– ‘जब मैले पोर्न फिल्म उद्योगबाट बलिउड डेब्यु गरेँ, सो समय मेरा लागि धेरै चुनौती थियो ।’ सन्नीले २०११ मा कलर्स च्यानलको रियालटी सो बिगबोसका सिजन ५ बाट बलिउड इन्ट्री मारेकी थिइन् ।

बिग बोसमा आउनुपूर्व सन्नीको नाम धेरैलाई थाहा थियो । धेरै उनी पोर्न फिल्मकी स्टार भएको समेत जानकार थिए । यो रियालटी सोले फेरि सन्नीको जीवनमा ठूलै परिवर्तन ल्यायो । यो सोबाट सुरु भएको उनको यात्राले अहिले उनलाई अहिले बलिउडको सक्सेस अभिनेत्रीको पहिचानसमेत दिलायो । 

बिग बोसले खोल्यो बलिउड ढोका
सन्नीका लागि रियालिटी सो बिग बोसले बलिउडको ढोका खोलिदियो । यो सोको एक भागमा फिल्म निर्देशक महेश भट्ट पनि गेस्टका रूपमा रहेका थिए । उनले आफ्नो चलचित्र ‘जिस्म–२’ को अफर सन्नीलाई त्यहीँ दिएका थिए ।

सन्नी अहिले भारतका कैयाँै उत्पादनको विज्ञापनमा समेत देखिँदै आएकी छिन् । कन्डम, गहन र मोबाइल फोन यसमा प्रमुख रहेका छन् । बलिउडकी सनसनी गर्ल बन्न सफल सन्नी अहिले चलचित्रमा आफ्नो जादु चलाइरहेकी छन् भने श्रीमान डेनियल बिबरका साथ एक फिल्म निर्माणमा समेत सक्रिय छिन् । 

(प्रस्तुति : कुवेर गिरी एजेन्सीको सहयोबाट)  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप