केन्द्रीय संस्करण

चितवनमा राष्ट्रिय औद्योगिक प्रर्दशनी हुने

person access_timeफागुन ३०, २०७४ chat_bubble_outline0

चितवन । चितवनको भरतपुरमा ‘राष्ट्रिय औद्योगिक प्रर्दशनी’ हुने भएको छ । 

चितवनलाई औंद्योगिक राजधानीको रुपमा पहिचान दिने दावीसहित आगामी चैत्र २३ गतेदेखि २७ गतेसम्म भरतपुरमा राष्ट्रिय औंद्योगिक प्रर्दशनी गर्न लागिएको हो । 

बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गरी नेपाल उद्योग परिसंघका अध्यक्ष हरिभक्त शर्माले प्रर्दशनीले नेपालको औद्योगिक क्षेत्रको अवस्थाबारे यथार्थ जानकारी दिने विश्वास व्यक्त गरे ।

उनले प्रर्दशनीमा स्वदेशी उत्पादन र यसको बजार प्रवद्र्धनका विषयमा पनि जानकारी हुने स्पष्ट पारे ।

प्रर्दशनीमा कृषि, उद्योग, पर्यटन क्षेत्रका उत्पादनहरुको राखिने चितवन उद्योग संघले जनाएको छ । २ सय ५० भन्दा बढि स्टल रहने प्रर्दशनीबाट उद्योग क्षेत्र र उपभोक्ताबीच निकट सम्बन्ध कायम गर्न सघाउ पुग्ने अपेक्षा गरिएको छ ।

रातोपाटी संवाददाता

मूलधारको लोकप्रिय अनलाइन बन्न सफल रातोपाटी डटकम २०७० जेठ २७ देखि सञ्चालनमा आएको हो  । 

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ