बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

बर्दिवासमा प्रदेशस्तरीय संगीत प्रतियोगिता सम्पन्न

बुधबार, ३० फागुन २०७४, १६ : ४०
बुधबार, ३० फागुन २०७४

महोतरी– रेडियो नेपालको ६८ आँै वार्षिक उत्सवका अवसरमा महोत्तरीको बर्दिवासमा बुधवार २ नं प्रदेश स्तरीय राष्ट्रव्यापी खुल्ला आधुनिक संगीत प्रतियोगिता सम्पन्न भएको छ । 

प्रतियोगितामा २ नं प्रदेशका महोत्तरी,सिन्धुली,सर्लाही धनुषा लगाएतका जिल्लाबाट ११ जना संगितकर्मी प्रतियोगी सहभागी भएका थिए । 

प्रतियोगितामा  प्रथम भएकी  विनिता नेपालीले १० हजार नगद सहित स्वर्णप पदक र प्रमाणपत्र,  दोश्रो हुने विनोद चुँडालले ७ हजार ५ सय, सहित रजत पदकका साथमा प्रमाणपत्र र तृतीय हुने जीवनाथ पोखरेलले ५ हजार नगदका कास्यपदक र प्रमाणपत्र प्राप्त गरेका  थिऐ  । 

कार्यक्रममा सहभागी ११ जना प्रतियोगीलाई  प्रशंसा पत्र प्रदान गरिएको थियो । 

 प्रतियोगितामा छनौट भएकाहरुले चैत्र १८ गते रेडियो नेपालको केन्द्रीय कार्यालय सिहंदरबारमा हुने अन्तिम चरणको प्रतियोगितामा भाग लिन पाउने छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप