शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

बलिउडका यी फ्लप जोडी

बुधबार, ३० फागुन २०७४, १५ : ४१
बुधबार, ३० फागुन २०७४

मुम्बई – हिट चलचित्र दिने बलिउडमा थुप्रै जोडी छन् । ति जोडीको  चर्चा हामीले धेरै पटक गरेका छन् । बलिउडमा यस्ता केही जोडी पनि छन् । जसले अहिलेसम्म एक पनि हिट चलचित्र दिन सकेनन् । आजको चर्चा बिषय यही हो । 

शाहरुख खान र रवीना टन्डन 
बलिउडका सुपरस्टार शाहरुख र अभिनेत्री रवीनाले जोडीका रुपमा ‘ये लम्हे’ र ‘जमान दीवान’ चलचित्रमा काम गरेका थिए । तर दुबै चलचित्र सुपर फ्लप साबित भयो ।

संजय दत्त र लारा दत्त 
चलचित्र ‘ब्लु’ र ‘जिन्दा’मा संजय र लाराले एकसाथ काम गरेका छन् । यी दुबै फिल्म सुपर फ्लप साबित भयो । यसपछि दुबैले एकसाथ अभिनय गर्न आट समेत गर्न सकेनन् । 

गोविन्दा र मनीषा कोइराला 
गोविन्दा र मनीषाले एकसाथ चलचित्र ‘अचानक’ र ‘महाराजा’ अभिनय गरेका थिए । दुबैले जोडीका रुपमा काम गरेको चलचित्रले बक्स अफिसमा पानी पनि भन्न पाएन । यसपछि यी दुबै एकसाथ एकै चलचित्रमा देखिएका छैनन् ।

संजय दत्त र बिपाशाा बसु 
संजय र बिपाशाले जोडीका रुपमा बलिउडमा कुनै हिट चलचित्र पनि दिन सकेनन् । यी दुबै चलचित्र ‘रुद्राक्ष’ र ‘लम्हा’मा देखिएका थिए ।

सोनाली बेन्द्रे र शाहरुख खान 
शाहरुख र सोनालीको जोडी चलचित्र ‘डुप्लीकेट’ र ‘इग्लिश बाबु देसी मेम’मा बाँधिएको थियो । तर दुबै चलचित्रले राम्रो व्यवसाय गर्न सकेन ।  यसपछि यी कलाकार एकसाथ कुनै पनि चलचित्रमा देखिएका छैनन् ।

सैफ अली खान र ट्वीङ्कल खन्ना 
सैफ अली र ट्वीङ्कलले ‘लभ के लिए कुछ बि करेगा’, ‘दिल तेरा दिवान’ र ‘ये है मुम्बई मेरी जान’मा काम गरेका थिए । तर यी सबै फिल्म फ्लप साबित भयो ।

संजय दत्त र अमीषा पटेल 
संजय दत्त र अमीषा पटेलले पनि केही दुई चलचित्र एकसाथ अभिनय गरेका थिए । यी दुवैले ‘चतुर सिंह २ स्टार’ र ‘ताथास्तु’मा जोडी बाँधेका थिए । तर यी दुबै चलचित्र हिट हुन सकेनन् ।
 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप