शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

‘भीमसेन’ निर्माणको घोषणा

बुधबार, ३० फागुन २०७४, १५ : २४
बुधबार, ३० फागुन २०७४

काठमाडौं – चलचित्र ‘भीमसेन’ निर्माण घोषणा गरिएको छ । राजधानीमा एक कार्यक्रम बीच चलचित्र घोषणा गरिएको छ । युवी फिल्मस् ग्यालरीको तेस्रो प्रस्तुति चलचित्र ‘भीमसेन’मा कमेडी, लभ र एक्सन विषय समेटिने  निर्माण पक्षले जानकारी गरायो ।

भोमान कटुवालको निर्देशनमा बन्न लागेको यो चलचित्र कला राईले निर्माण गरेकी हुन् । राजु किराती राईको द्वन्द्व निर्देशन, राजन ढुंगेलको संवाद, भोमन कटुवालको कथा, अशोक थापाको सह निर्देशन, पवन गौतमको छायाँकन, अनिल महर्जनको सम्पादन र पुस्कर सुनुवारको संगीत रहनेछ ।

संगीत बानियाँ, कोनिका घिमिरे, यादव देवकोटा ‘सरापे’, राजु कमेडी ‘रेम्बो’, अजिता पौडेल, कल्याण अधिकारी, धनराज सुब्बा, राजकुमार राई, महेन्द्रकुमार राई लगायतका कलाकारको अभिनय रहने चलचित्रमा अन्य कलाकारको छनोट बाकी रहेको छ । 

कार्यक्रममा चलचित्रको शुभ मुहूर्त समेत गरिएको थियो । चैतको पहिलो साताबाट छायाँकनमा जाने चलचित्र काठमाडौं आसपासका स्थानमा सकिने छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप