शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

राष्ट्रियसभा अध्यक्षमा तिमिल्सिना निर्वाचित हुँदा जे देखियो (फोटोफिचर)

बुधबार, ३० फागुन २०७४, १२ : ००
बुधबार, ३० फागुन २०७४

काठमाडौँ । राष्ट्रियसभा अध्यक्षमा गणेशप्रसाद तिमिल्सिना निर्वाचित भएका छन् । 

राष्ट्रियसभाको आज संघीय संसद् भवन नयाँबानेश्वरमा बसेको बैठकले तिमिल्सिनालाई अध्यक्ष पदमा निर्वाचित गरेको हो । 

राष्ट्रियसभाका ज्येष्ठ सदस्य तारादेवी भट्टले अध्यक्ष पदमा तिमिल्सिना निर्विरोध निर्वाचित हुनुभएको घोषणा गरिन् । त्यसअघि उनका प्रस्तावक खिमलाल भट्टराईले अध्यक्ष पदमा निर्वाचित गरियोस् भन्ने प्रस्ताव गरेका थिए भने उक्त प्रस्तावको समर्थक सुमनराज प्याकुरेल र दिनानाथ शर्माले समर्थन गरेका थिए । 

राष्ट्रियसभाको अन्तरिम कार्यविधि २०७४ को दफा ७ बमोजिम राष्ट्रियसभाको उपाध्यक्ष पदको निर्वाचन आगामी चैत ४ गतेका लागि तोकिएको छ । राष्ट्रियसभाको अर्को बैठक आगामी चैत २ गते अपराह्न ३ बजे बस्नेछ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

कृष्ण खड्का
कृष्ण खड्का

कृष्ण खड्का फोटो पत्रकार हुन् ।

लेखकबाट थप