बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय

मन्दिरभित्रै ६ वर्षीया बालिका बलात्कृत, अबस्था गम्भीर

बुधबार, ३० फागुन २०७४, १४ : ०३
बुधबार, ३० फागुन २०७४

-प्रेम सुनार

गुल्मी–गुल्मीको ईस्मा गाउँपालिकामा ६ वर्षिया बालिका बलात्कृत भएकी छन् । मंगलबार दिउँसो ४ वजेको समयमा ईस्मा गाउँपालिका वडानम्वर  ३  नयाँपोखराको हनुमान मन्दिरभित्र बालिका बलात्कृत भएकी हुन् । बालिकालाई सोही गाउँपालिका वडानम्बर ४ दर्लामचौरका १७ वर्षीय हिमाल दर्जीले बलात्कार  गरेको  प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी प्रमुख एसपी अनुरागकुमार  द्धिवेदीले  दर्जीलाई पक्राउ गरी बुधबार अदालतमा मुद्धा दायर गरिएको जानकारी  दिए ।  बलात्कृत बालिकाको  जिल्ला अस्पतालमा उपचार भइरहेको छ । अस्पतालका डाक्टर  सुवोध ज्ञवालीका अनुसार बालिकाकोे यौनाङ्ग  सिलाउनुपर्ने भएकोले  पाल्पा  रिफर  गर्ने तयारी भएको छ ।

‘बालिकाको  यौनाङ्ग च्यातिएको  छ । सिलाउन बेहोस पार्नुपर्ने हुन्छ ।  उनको उमेर सानै भएकोले यहाँ सम्भब नभएर  सर्जिकल कन्सल्टेन्टका  लागि  पाल्पा  प्रभास अस्पतालमा रिफर गरिएको हो’ ’ डा.ज्ञवालीले भने । बालिकाको यौनाङगबाट रगत आएको थाहा पाएपछि छोरीलाई अस्पताल लिएर आएकी उनकी आमाले छोरीले पहिला आफु  लडेर रक्ताम्मे भएको भन्दै ढाँटेको बताईन् ।

पछि शंका लागेर फकाउँदै सोधेपछि हिमाल अंंकलले चाउचाउ किनेर खान दिन्छु भन्दै फकाएर  मन्दिरभित्र लगेर  त्यस्तो हिंसा गरेको बताएको बालिकाकी आमाले जानकारी  दिइन् ।  यसअघि पनि गुल्मीमा आफ्नै बाबुले ६ वर्षीया  छोरीको बलात्कार गरेको घटना सार्वजनिक भएको थियो ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप