मन्दिरभित्रै ६ वर्षीया बालिका बलात्कृत, अबस्था गम्भीर
-प्रेम सुनार
गुल्मी–गुल्मीको ईस्मा गाउँपालिकामा ६ वर्षिया बालिका बलात्कृत भएकी छन् । मंगलबार दिउँसो ४ वजेको समयमा ईस्मा गाउँपालिका वडानम्वर ३ नयाँपोखराको हनुमान मन्दिरभित्र बालिका बलात्कृत भएकी हुन् । बालिकालाई सोही गाउँपालिका वडानम्बर ४ दर्लामचौरका १७ वर्षीय हिमाल दर्जीले बलात्कार गरेको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी प्रमुख एसपी अनुरागकुमार द्धिवेदीले दर्जीलाई पक्राउ गरी बुधबार अदालतमा मुद्धा दायर गरिएको जानकारी दिए । बलात्कृत बालिकाको जिल्ला अस्पतालमा उपचार भइरहेको छ । अस्पतालका डाक्टर सुवोध ज्ञवालीका अनुसार बालिकाकोे यौनाङ्ग सिलाउनुपर्ने भएकोले पाल्पा रिफर गर्ने तयारी भएको छ ।
‘बालिकाको यौनाङ्ग च्यातिएको छ । सिलाउन बेहोस पार्नुपर्ने हुन्छ । उनको उमेर सानै भएकोले यहाँ सम्भब नभएर सर्जिकल कन्सल्टेन्टका लागि पाल्पा प्रभास अस्पतालमा रिफर गरिएको हो’ ’ डा.ज्ञवालीले भने । बालिकाको यौनाङगबाट रगत आएको थाहा पाएपछि छोरीलाई अस्पताल लिएर आएकी उनकी आमाले छोरीले पहिला आफु लडेर रक्ताम्मे भएको भन्दै ढाँटेको बताईन् ।
पछि शंका लागेर फकाउँदै सोधेपछि हिमाल अंंकलले चाउचाउ किनेर खान दिन्छु भन्दै फकाएर मन्दिरभित्र लगेर त्यस्तो हिंसा गरेको बताएको बालिकाकी आमाले जानकारी दिइन् । यसअघि पनि गुल्मीमा आफ्नै बाबुले ६ वर्षीया छोरीको बलात्कार गरेको घटना सार्वजनिक भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अन्तर्राष्ट्रिय खेलकुद प्रतियोगितामा पदक जित्ने खेलाडीलाई नगद पुरस्कारसहित सम्मान गरिने
-
रत्नपार्कमा माइक्रोबसको ठक्करबाट पैदलयात्रीको मृत्यु
-
स्पेनसामु किन निरीह देखियो फ्रान्स ? इङ्ल्यान्ड र अर्जेन्टिनामा कुन बलियो ? (भिडियो)
-
नियम विपरीत शैक्षिक उपाधि लिएका सिएमजी युनिभर्सिटीका १३ जनाको समकक्षता रद्द
-
नेपालको सुरक्षा खर्चमा वृद्धि : दक्षिण एसियामा नेपाल कति असुरक्षित ?
-
प्रतिनिधि सभा बैठक दुई साताका लागि स्थगित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण