शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

डोल्पाको करोपगाडमा पुग्यो गाडी

बुधबार, ३० फागुन २०७४, १३ : १७
बुधबार, ३० फागुन २०७४

दुनै–हिमाली जिल्ला डोल्पाको करोपगाडसम्म यातायात सञ्चालनमा ल्याइएको छ । त्रिपुरा सुन्दरी नगरपालिका अन्तर्गत वडा नं ५ मा पर्ने करोपगाडसम्म सोमबारदेखि यातायात सञ्चालनमा ल्याइएको हो । सेनाले जिम्मा लिएको जाजरकोट–डोल्पा सडकखण्ड अन्तर्गत त्रिबेणी बजारदेखि  करोपगाडसम्मको पाँच किमी सडकखण्ड निर्माण गरेर यातायात संञ्चालनमा ल्याइएको सेनाले जनाएको छ ।

डोल्पालीले यातायात नहुँदा खेप्नुपर्ने समस्यालाई  मध्येनजर राख्दै त्रिबेणी–करोपगाड खण्डमा आन्तरिक यातायातको रुपमा जीप,ट्रयाक्टर लगाएतका हलुका यातायातका साधनहरु संञ्चालनमा ल्याईएको सेनाले जानकारी दिएको छ । जाजरकोट–डोल्पा सडकखण्डको कुल लम्बाई ११७ दशमलव ७ किमी सडकखण्ड मध्ये ११४ दशमलव ७ किमी सडक निर्माणकार्य सम्पन्न भईसकेकोे छ । सदरमुकाम दुनैसम्म राष्ट्रिय सडक संञ्जालमा जोडिन तीन किमी मात्रै बाँकी रहेको जाजरकोट–डोल्पा सडकखण्डका कार्यदल प्रमुख कर्णेल बिश्वबन्धु पहाडीले जानकारी दिए ।

करोपगाडसम्म गाडी पुगेसँगै डोल्पालीको जिल्ला बाहिरको यात्रा समेत छोटिएको छ । सडकले छिचोलिन थालेपछि पैदल हिँडेर जाँदा चार दिनसम्मलाग्ने नेपालगञ्ज,सुर्खेतको यात्रा छोटिएर दुई दिनमा झरेको त्रिपुरा सुन्दरी नगरपालिका १ का स्थानीय कृष्णचन्द्र पाण्डेले बताए ।

सडक यातायात पुगेपछि डोल्पाको एकमात्र यातायातको साधनको रुपमा रहेको जुफाल बिमानस्थलमा हप्तौँ कुरेर जहाँज टिकेट लिनुपर्ने बाध्यता समेत टर्न थालेको स्थानीयले बताएका छन् । यता, श्रीवीण्डे–खदाङ तीन किमी सडकखण्डमा पनि काम भईरहेको छ । यस खण्डको बिचमा चिप्ले,फोई,फुलपानी भिर,चुँ गाड भिर लगाएतका दर्जनौ कडा चट्टानयुक्त भिर पहरा फुटाउनकालागि सेनाले विभिन्न ठाँउमा निर्माण बेश खडा गरेर काम गरिरहेको जनाएको छ । 

जाजरकोट–डोल्पा सडकखण्डको जिरो पोईन्ट जारकोटको पासगाड देखि श्रीवीण्डे बजारसम्मको ९० किमी सडक निर्माण कार्य सम्पन्न भईसकेको सेनाले जनाएको छ । ०७३ साउन २३ गते त्रिबेणी बजारसम्म ७७ किमी सडक निर्माण सम्पन्न गरेर प्रधान सेनापती राजेन्द्र क्षेत्रीले उद्घाटन गरेर सिमाना प्रवेश गराईएका थिए ।

त्रिदेशीय सडक सञ्जालको रुपमा रणनैतिक महत्व बोकेको यस सडकखण्ड अन्र्तरदेशिय मुख्य ब्यापारिक मार्गको रुपमा राज्यले लिएको छ ।


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप