शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

घरमा लागेको आगोमा परी एक बालिकाको मृत्यु

बुधबार, ३० फागुन २०७४, ११ : ५३
बुधबार, ३० फागुन २०७४

सुर्खेत । सुर्खेतको पश्चिम चौकुने गाउँपालिका–९, घाटगाउँमा मंगलबार साँझ घरमा लागेको आगोमा परी एक बालिकाको मृत्यु भएको छ । 

जगत नेपालीको घरमा आगलागी हुँदा छिमेकी बलहादुर ढोलीको ४ वर्षीया छोरी अनुषा ढोलीको घटनास्थलमै जलेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी नायव उपरीक्षक श्यामसिंह चौधरीले जानकारी दिए । 

आगलागीमा परेर अर्का छिमेकी प्रदीप नेपालीको छोरा वर्ष ६, का निराजन नेपाली घाइते भएको प्रहरीले जनाएको छ । प्रहरीले दिएको जानकारी अनुसार घरको आँगनमा खेलिरहेका बालबालिका आगोमा परेका हुन् ।
आगलागीमा झण्डै साढे ५ लाख बराबरको धनमाल जलेर नष्ट भएको अनुमान गरिएको छ । घटनाको बारेमा थप अनुसन्धान भईरहेको प्रहरीको भनाई छ । 

पानीमा डुवेर मृत्यु
सुर्खेतको पूर्वी सिम्ता गाउँपालिका ६ भेरी नदीमा नुहानेक्रममा डुवेर मृत्यु भएको छ । सुर्खेतकै पश्चि पञ्चपुरी नगरपालिका ४ घर भई कामको शिलशिलामा रहेका खगेन्द्र वयकको डुबेर मृत्यु भएको हो । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप