शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

गुल्मीको जंगलमा लागेको आगो अझै नियन्त्रणमा आउन सकेन

बुधबार, ३० फागुन २०७४, १० : ३७
बुधबार, ३० फागुन २०७४

गुल्मी । गुल्मीको सदरमुकाम तम्घास निजिकै रहेको रेसुङ्गा वन क्षेत्रमा लागेको आगो नियन्त्रणमा निभाउन कठिन भएको छ । मंगलबार साँझ सल्केको आगो फैलदै जाँदा सयौँ रोपनी बन क्षेत्रमा फैलिएको छ ।

आगो निभाउन नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरीको टोली र सदरमुकाम तम्घासका वासीन्दा खटिदा रातभर खटिएका थिए ।

प्रमुख जिल्ला अधिकारी गोपाल प्रसाद अर्यालले आगो निभाउन नसकिएपछि बुधबार विहान थप थप सुरक्षाकर्मीसहित स्थानीयबासिन्दा आगो निभाउन खटिने बताए ।

जंगलमा लागेको आगो निभाउन नसकिए बन क्षेत्र नजिकका पराल्मी, वलिथुम, गौडाकोट, दुविचौर, तम्घास र अर्खलेसम्मका वस्ती जोखिममा पर्दछन् ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप