बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय

नेपाल फाइनान्स लिमिटेडको साधारणसभा सम्पन्न

बुधबार, ३० फागुन २०७४, ०९ : ५०
बुधबार, ३० फागुन २०७४

काठमाडौं - नेपाल फाइनान्स लिमिटेड(नेफिन्स्को)को संचालक समिति-व्यवस्थापन समूहको विशेष साधारण सभा सम्पन्न भएको छ ।

साधारण सभाबाट संस्थापक समूहतर्फबाट प्रा. हिरेन्द्र मान प्रधान, चन्द्र कुमार राई, राजन प्रजापति,  दिप्रश शाक्य तथा सर्वसाधारण समूहबाट अनागत रत्न कंसाकार संचालक समितिमा निर्विरोध निर्वाचित भएका छन् ।

सभाबाट विशेष प्रस्ताव अन्तर्गत वित्त कम्पनीको अधिकृत पुँजी, जारी पुँजी र चुक्ता पुूजी वृद्धि गर्ने र नेपाल राष्ट्र बैंकले तोकिएको मापदण्ड पुरा गरी हाल कायम भएको चुक्ता पुँजीमा एक शेयर बराबर एक दशमलब दुइ पाँच कित्ता दरले हकप्रद शेयर जारी गर्ने प्रस्ताव पारित भएको छ ।

यस वित्त कम्पनीलाई नेपाल राष्ट्र बैंकले २०७१ मंसिर १७ गते समस्याग्रस्त वित्तीय संस्थाको रुपमा घोषणा गरेकोमा नेपाल राष्ट्र बैंकबाट २०७३ मंसिर २३ गते व्यवस्थापन नियन्त्रणमा लिएको थियो । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप