शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

संसदीय शैलीबारे क-कसले दिँदैछन् कांग्रेस सांसदलाई प्रशिक्षण ?

बुधबार, ३० फागुन २०७४, ०९ : ४०
बुधबार, ३० फागुन २०७४

काठमाडौं - नेपाली कांग्रेसको तर्फबाट प्रतिनिधिसभा, राष्ट्रियसभा र प्रदेश सभामा प्रतिनिधित्व गर्ने  सदस्यहरुको अभिमुखिकरण कार्यक्रम आज हुँदै छ ।

सांसदहरुलाई संसदमा प्रस्तुत हुने शैली सिकाउन कार्यक्रम आयोजना गरिएको नेपाली कांग्रेसका एक नेताले रातोपाटीलाई बताए ।

एक दिने अभिमुखिकरण कार्यक्रममा सदस्यहरुलाई संसदिय पद्धतिका विषयमा प्रशिक्षण दिइने बताइएको छ ।

कांग्रेस नेताहरु डा. राम रामशरण महत, डा. प्रकाश शरण महत, बिमलेन्द्र निधि र संसद सचिवालयका पूर्व सचिव ठाकुर बरालले प्रशिक्षण दिनेछन् ।  

बुधबार (आज) बिहान ११ बजेदेखि पार्टीको केन्द्रीय कार्यालय सानेपामा अभिमुखीकरण कार्यक्रम हुनेछ ।

प्रतिनिधिसभामा ६३, राष्ट्रिय सभामा १३ र प्रदेश सभामा कांग्रेसका १ सय १३ गरी कुल १ सय ८९ सांसद छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप