शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

बेल्जियममा सांगीतिक कार्यक्रम

बुधबार, ३० फागुन २०७४, ०९ : १६
बुधबार, ३० फागुन २०७४

काठमाडौँ - तमु समाज बेल्जियमले आफ्नो परम्परा र वार्षिक कार्यक्रमअन्तर्गत चेलीबेटी सम्मानार्थ ‘रिह चमी कै पिवा’ कार्यक्रमको आयोजना गरेको छ । 

समाजले आफ्नो १८औँ वार्षिकोत्सवका अवसरमा बेल्जियमको ओस्टेन्डे शहरमा आयोजना गरेको सो कार्यक्रममा युरोपमा बसोबास गर्ने गुरुङ समुदायका चेलीको सम्मानार्थ विभिन्न सांगीतिक कार्यक्रमको आयोजनासमेत गरिएको समाजका महासचिव सूर्य गुरुङले जानकारी दिए । 

कार्यक्रममा लोकगायक राजु परियार र कलाकार सुलेमान शंकर इकु ले आफ्नो प्रस्तुति दिएका थिए । 

सोही अवसरमा समाजका अध्यक्ष जीवन तमुले चेली सम्मान कार्यक्रमले युरोपमा बस्ने गुरुङ समुदायबीच एकता कायम हुनाका साथै दुःख, सुख साटासाट गर्ने अवसर मिलेको बताए । 

समाजले नेपालको तराई क्षेत्रमा शीतलहरमा परेका समुदायका लागि न्यानो कपडा वितरण लगायतका सामाजिक काम गर्दै आएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप