शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

छोरीलाई ओठमा चुम्बन गर्दै डेविड बेकहमले सेयर गरे तस्बिर, विवादमा घेरिए

मङ्गलबार, २० असार २०७४, १४ : ५२
मङ्गलबार, २० असार २०७४

पूर्व फुटबल खेलाडी डेभिड बेकहमले केही समय अघि आफ्नी छोरीसँग सोसल मिडियामा एक तस्बिर सेयर गरे जसका कारण उनी विवादमा घेरिए । यसबारे डेभिडले स्पष्टिकरण पनि दिनुपर्यो ।

वास्तवमा डेभिडले आफ्नो सोसल मिडिया अकाउन्टमा एक तस्बिर सेयर गरे जसमा उनी आफ्नी छोरीलाई ओठमा चुम्बन गरिरहेको देख्न सकिन्छ ।

यो तस्बिर पोष्ट गरेपछि मानिसहरुले उनको यो तस्बिरमा आपत्ति जताउन सुरु गरे ।

केही मानिसहरुले डेभिडले छोरीलाई ओठमा चुम्बन गरेको तस्बिर सोसल मिडियामा सेयर गर्नु गलत बताए ।

कसैले भने छोरीलाई ओठमा चुम्बन गर्नु अचम्मको कुरा बताए ।

धेरैले उनको यो तस्बिरमा नकारात्मक टिप्पणी गरेपनि थुप्रैले उनको पक्ष पनि लिएका छन् ।

डेभिडलाई साथ दिँदै केही मानिसलाई उक्त तस्बिर गलत लागे आफ्नो दिमाग ठिक गर्नुपर्ने बताए ।

केही मानिसले यो एक पिताको आफ्नो छोरीका लागि प्रेम दर्साउने एक माध्यम भएकाले केही गलत नभएको बताए ।

सोसल मिडियामा आफ्नी पाँच वर्षीया छोरीलाई चुम्बन गरिरहेको तस्बिर सेयर गरेको विषयमा भएको विवादपछि डेभिड बेकहमले स्पष्टिकरण दिएका छन् ।

द टेलिग्राफ अनुसार एक फेसबुक लाइभमा छलफलको क्रममा डेभिडले उनी आफ्ना सन्तानलाई प्रेम गर्ने र आफूले बाल्यकालमा जस्तो प्रकारको प्रेम पाएको त्यस्तै छोराछोरीलाई प्रदान गरेको बताए ।

उनले भने, ‘मैले आफ्नी छोरीलाई ओठमा चुम्बन्ध गरेका कारण आलोचना भोग्नुपर्यो तर म आफ्ना सबै सन्तानलाई ओठमा नै चुम्बन गर्छु । म जेठो छोरो ब्रुकलिनलाई यसरी चुम्बन गर्दिनँ किनभने उनी १८ वर्ष भइसकेका छन् र यसो गर्दा उनलाई अचम्म लाग्न सक्ला ।’

‘म र मेरी श्रीमती आफ्ना सन्तानलाई यसरी नै प्रेम गर्ने गर्दछौं,’ उनले भने ।

स्मरण रहोस् डेभिडले मोडल र गायिका भिक्टोरिया बेकहमसँग सन् १९९९ को जुलाई ४ तारिखमा विवाह गरेका थिए । आज दुबैको विवाहको १८ औं वर्षगाँठ हो ।

दुबैको चार सन्तान छन् । छोरा ब्रुकलिन बेकहम (१८), रोमियो जेम्स बेकहम (१४), क्रुज बेकहम (१२) र छोरी हार्पर बेकहम (५) ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप