शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

पत्रकार तारामणि सापकोटालाई पितृशोक

मङ्गलबार, २९ फागुन २०७४, २१ : २०
मङ्गलबार, २९ फागुन २०७४

झापा– पत्रकार महासंघ झापाका अध्यक्ष तथा सजिलो खबर डटकमका सम्पादक तारामणि सापकोटालाई पितृशोक परेको छ । 

सापकोटाका ८१ बर्षीय पिता युवनाथमणी सापकोटाको मङ्गलबार अपरान्ह झापाको शिवसताक्षी नगरपालिका–७ चन्द्रडाँगीस्थित निवासमै निधन भएको हो । 

उनी लिभर क्यान्सरबाट पीडित थिए । एक महिना अघि ओम हस्टिपटल काठमाडौं र भक्तपुरस्थित क्यान्सर हस्पिटलमा उपचाररत सापकोटालाई डाक्टरकै सल्लाहमा घर ल्याइएको थियो ।

युवनाथमणीका दुई श्रीमती हुमादेवी र दिलकुमारीसहित ५ छोरा होमप्रसाद, दिलप्रसाद, जयप्रसाद, कमलप्रसाद र तारामणि सापकोटा तथा दुई छोरी  भीमा काफ्ले र लक्ष्मी  रहेका छन् । जसमध्ये जेठो होमप्रसादको पहिल्यै निधन भइसकेको परिवारले जनाएको छ ।

उनको मङ्गलबारै कनकाई माईमा दाहसंस्कार गरिएको जनाइएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप