शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

पुल्चोक क्याम्पसका विद्यार्थीको शान्तिपूर्ण प्रदर्शन

मङ्गलबार, २९ फागुन २०७४, २० : ०८
मङ्गलबार, २९ फागुन २०७४

ललितपुर– पुल्चोक इन्जिजियरिङ क्याम्पसका विद्यार्थीहरुले “ यौन हिंसाका विरुद्ध शान्तिपूर्ण प्रदर्शन” गरेका छन् । पछिल्लो समयमा मुलुकभर भएका यौनहिंसाका घटनाहरुको विरोधमा मंगलबार उनीहरुले शान्तिपूर्ण प्रदर्शन गरेका हुन् । प्रदर्शनमा यौन हिंसाका घटनाहरुको विरोध, पिडित पक्षलाई न्याय र दोषी उपर तत्काल कडा भन्दा कडा कारवाहीका लागि दबाव दिइएको थियो । 

कार्यक्रममा पुल्चोक क्याम्पसका करिब २५० विद्यार्थीहरुको सहभागिता रहेको थियो  ।  सोमबार भएको विमान दुर्घटनाका मृतकहरुको शोकमा मौन धारण गरेर सुरु गरिएको उक्त प्रदर्शनमा   विद्यार्थीहरु पुल्चोक क्याम्पस गेटबाट प्ले–कार्ड प्रदर्शन गर्दै शान्तिपूर्ण र्यालीमा सहभागी भएका थिए ।  कार्यक्रममा स्ववियु सभापति रोशन थापा मगरले नेपालभित्र हुने कुनै पनि किसिमको सामाजिक , आर्थिक अथवा राजनैतिक विकृतिको विरुद्ध विद्यार्थीहरुले आवाज उठाइरहने दाबी गरे ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप