लोडरको ठक्करबाट पैदल यात्रीको मृत्यु
मङ्गलबार, २९ फागुन २०७४, १९ : ४५
बर्दिवास–महोत्तरीको बर्दिवास नगरपालिका– १ मा लोडर जेसिबिको ठक्करबाट अन्दाजी ७० वर्षीय नामथर नखुलेका एक बृद्धको मृत्यु भएको छ । बर्दिवासबाट जनकपुरतर्फ जादै गरेको ना १ क ७१९० नम्वरको लोडरले बाटोमा पैदल हिँडिरहेको यात्रीलाई ठक्कर दिँदा उनी गम्भीर घाइते भएका थिए ।
घाइते उनलाई उपचारका लागी बर्दिवासमा रहेको बर्दिवास जनसेवा अस्पतालमा भर्ना गरिएको थियो । त्यहाँ उपचार सम्भव नभएपछि थप उपचारका लागि काठमाडौ लादै गर्दा उनको बाटैमा मुत्यु भएको बर्दिवास प्रहरीले जनाएको छ । ठक्कर दिने लोडरका चालक दाङ्ग जुगिसरण गाउँपालिका २ घर भएका मिलन चौधरी र लोडरलाई प्रहरीले नियन्त्रणमा लिई आवश्यक अनुसन्धान गरीरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गण्डकीको संसद् अधिवेशन आजदेखि, के छ कार्यसूची ?
-
शिक्षामन्त्रीको निर्णयप्रति सत्तारुढ दल नै असन्तुष्ट, कारबाही गरेर देखाउन शिक्षक महासङ्घको चेतावनी
-
सिन्धुपाल्चोकमा जन्ती बोकेको बस दुर्घटना हुँदा ३ जनाको मृत्यु, सात जना गम्भीर
-
प्रधानमन्त्रीसँग विपिन जोशीका परिवारको भेट
-
पाथीभरा क्षेत्रमा मदिरा बिक्री तथा सेवनमा प्रतिबन्ध
-
अङ्ग्रेजसँगको युद्धमा मधेसका जनताले लडेको इतिहास झल्काउने 'स्मृति उद्यान' बजेट अभावमा अलपत्र