बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

बंगाल विमान दुर्घटनाका ११ शव पोष्टमार्टम

मङ्गलबार, २९ फागुन २०७४, १९ : १६
मङ्गलबार, २९ फागुन २०७४

काठमाडौं– शिक्षण अस्पताल महाराजगञ्जले बंगाल एयर विमान दुर्घटनामा परी मृत्यु भएका ११ जनाको शव पोष्टमार्टम गरिएको जनाएको छ ।  अस्पतालका चिकित्सक प्रमोद श्रेष्ठले दुर्घटनामा परी मृत्य भएका ४९ शवमध्ये ११ जनाको पोष्टमार्टम रिर्पोट मंगलबार साँझसम्म तयार गरिएको जानकारी दिएका हुन् । उनले अस्पतालमा पत्रकार सम्मेलन गरी शव जलेको अवस्थामा रहेकाले पहिचान गर्न कठिनाई भइरहेको पनि स्पष्ट पारे ।

चिकित्सक श्रेष्ठले मृतकहरुको विवरण परिवारका सदस्यबाट लिने क्रमलाई पनि जारी राखिएको बताए । डिएनए परीक्षण गरेपछि मात्रै शव पहिचान हुने अस्पतालको भनाई छ । सोमबार अवतरणको क्रममा बंगाल एयरको विमान त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा दुर्घटनाग्रस्त भएको थियो । दुर्घटना लगत्तै सरकारले घटनाको छानवीन गर्न नेपाल सरकारका पूर्वसचिव यज्ञप्रसाद गौतमको नेतृत्वमा ६ सदस्यीय जाँचबुझ आयोग गठन गरेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप