शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

रक्षामन्त्री पोख्रेलसँग भेटेर भारतीय राजदूत पूरीले गरे यस्तो ब्रिफिङ

मङ्गलबार, २९ फागुन २०७४, १९ : ०४
मङ्गलबार, २९ फागुन २०७४

काठमाडौँ– रक्षामन्त्री ईश्वर पोखरेलसँग नेपालस्थित भारतीय राजदूत मञ्जीवसिंह पुरीले शिष्टाचार भेट गरेका छन् ।  सिंहदरबारस्थित रक्षा मन्त्रालयमा आज भएको भेटमा मन्त्री पोखरेलले नेपाल र भारतबीचको सम्बन्ध प्रगाढ रहेको र यस प्रकारको सम्बन्ध दुवै देशका सरकार र जनताबीच मात्र नभई प्रकृति प्रदत्तरुपमा नै विकास हुँदै गएको बताए । 

नेपाली सेनाको क्षमताको विकासका लागि भारत सरकारले पुर्याउँदै आएको सहयोग र सद्भावप्रति आभार प्रकट गर्दै उनले आगामी दिनमा पनि निरन्तर सुमधुर सम्बन्ध रहने अपेक्षा  राखे । 

राजदूत पुरीले नेपाल–भारतबीचको सम्बन्ध घनिष्ठ रहेको र दुवै देशबीच सामाजिक तथा सांस्कृतिक रुपमा पनि मजबुत रहेको चर्चा गरे ।  राजदूत पुरीले नेपाली सेनाले सुरक्षाको क्षेत्रमा पुर्याएको अन्तर्राष्ट्रिय योगदानको सराहना गर्दै नेपाली सेनाको क्षमता अभिवृद्धिका लागि तालिम, उपकरण र अन्य विभिन्न क्षेत्रमा सहयोग निरन्तर रहने बताएका थिए । 
 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप