शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

विमान दुर्घटनाबारे प्राधिकरणको पत्रकार सम्मेलनः दुर्घटनाको कारण आयोगले बताउँछ

मङ्गलबार, २९ फागुन २०७४, १८ : ३६
मङ्गलबार, २९ फागुन २०७४

काठमाडौं– नेपाल नागरिक उडड्यन प्राधिकरणले बंगाल एयरको विमान दुर्घटनाको खुलासा जाँचबुझ आयोगले मात्रै गर्न सक्ने जनाएको छ ।  प्राधिकरणका महानिर्देशक संजीव गौतमले मंगलबार अपरान्ह त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा पत्रकार सम्मेलन गरी विमान दुर्घटनाको खुलासा जाँचबुझ आयोगको प्रतिवेदनले मात्रै गर्ने बताएका हुन् ।

उनले विमान दुर्घटना बिशुद्ध प्राविधिक विषय भएकाले यसमा धेरै टिप्पणी गरिरहन प्राधिकरणले नमिल्ने तर्क पनि गरे । महानिर्देशक गौतमले विमान दुर्घटनाको तथ्य बाहिर ल्याउन सरकारले नेपाल सरकारका पूर्वसचिव यज्ञबहादुर गौतम नेतृत्वको ६ सदस्यीय जाँचबुझ आयोग बनाएको र त्यसले छिट्टै आफ्नो प्रतिवेदन सार्वजनिक गर्ने पनि बताए ।

महानिर्देशक गौतमले विमानको फ्लाईट डिटेल्स नहेरी यसको दुर्घटनाको कारणबारे बोल्न नमिल्ने दावी पनि गरे । उनले विमान अवतरणका क्रममा तत्काल देखिएको अवस्थाका विषयमा मात्रै त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलले सोमबारनै पत्रकार सम्मेलन गरी जानकारी गराएको पनि स्पष्ट पारे । प्राधिकरणले विमान दुर्घटनाबारे बंगलादेशका नागरिक उडड्यन प्राधिकरणलाई जानकारी गराइएको जनाएको छ । 

सोमबार दिउँसो त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा अवतरणका क्रममा बंगाल एयरको विमान दुर्घटनामा परी ४९ जनाको ज्यान गएको प्राधिकरणको तथ्यांकमा उल्लेख गरिएको छ । विमानमा सवार यात्रुहरु मध्ये हाल ११ जना नेपाली, १० जना बंगलादेशी, १ जना माल्दिभ्सका नागरिकको काठमाडौंको विभिन्न अस्पतालमा उपचार भइरहेको पनि प्राधिकरणका महानिर्देशक गौतमले जानकारी दिए । विमानमा ३३ जना नेपाली तथा चालक दलका ४ सदस्यसहित ७१ जना सवार थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप