शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

राष्ट्रपति निर्वाचनः विद्यादेवी भण्डारी अत्यधिक मतले विजयी

मङ्गलबार, २९ फागुन २०७४, ११ : ००
मङ्गलबार, २९ फागुन २०७४

काठमाडौँ– आज भएको राष्ट्रपतिको निर्वाचनमा विद्यादेवी भण्डारी अत्यधिक मतले विजयी भएकी छन् । संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको तेश्रो राष्ट्रपतिमा भण्डारी अत्यधिक मत प्राप्त गरी विजयी भएकी हुन् । यो उनको दोश्रो कार्यकाल हो । भण्डारीले ३९ हजार २७५ मतभार प्राप्त गरेकी छन् भने उनका प्रतिस्पर्धी नेपाली काँग्रेसकी नेत्री कुमारीलक्ष्मी राईले ११ हजार ७३० मत प्राप्त गरेकी छन् । 

उक्त निर्वाचनमा संघीय संसद्तर्फ तीन र प्रदेशसभा सदस्यतर्फ पाँच मत बदर भएको थियो ।  संघीय संसद्का ३३१ मतदातामध्ये ३२६ र प्रदेशसभाका ५४९ मध्ये ५३६ जनाले मतदान गरेका थिए । कूल मतदातामध्ये संघीय संसद्का पाँच र प्रदेशसभाका १३ गरी १८ जना मतदाता अनुपस्थित थिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप