बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

अपराधीलाई कडा कारवाही गर्न सञ्जालको माग

मङ्गलबार, २९ फागुन २०७४, १७ : ३५
मङ्गलबार, २९ फागुन २०७४

काठमाडौं– अन्तर पार्टी महिला सञ्जालले महिलामाथि भैरहेका हिंसामा संलग्नलाई कडा सजायको माग गरेको छ ।  मंगलबार गृहमन्त्री रामबहादुर थापा ‘बादल’ लाई ज्ञापनपत्र बुझाउदै देशब्यापी रुपमा महिला तथा बालबालिकाहरुमाथि हिंसा र बलात्कारका घटनाहरु बढ्दै गैरहेकाले अपराधीलाई कडा कारवाही र घटना दोहोरिन नदिन उपयुक्त कदम चाल्न सरकारको ध्यानाकर्षण गराएको हो ।

सञ्जालकी महासचिव यशोदा सुवेदीले जारी गरेको विज्ञप्तिमा ‘घटनाको गंभीरतापूर्वक छानविन गरी सत्य तथ्यका आधारमा सम्पूर्ण अपराधिहरुलाई कडा भन्दा कडा सजाय दिईयोस् र यस्ता घटनाहरु पुनः दोहोरिन नदिन गंभिरता पूर्वक कदम चालियोस ।’ भनिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप