शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

सर्वोच्च अदालतका ६ जना न्यायाधीशको ‘विद्रोह’, इजलासमा बस्न मानेनन्

मङ्गलबार, २९ फागुन २०७४, १६ : ३९
मङ्गलबार, २९ फागुन २०७४

काठमाडौं– सर्वोच्च अदालतका ६ जना न्यायाधीशले मंगलबार इजलास बस्न अस्वीकार गरेका छन् ।

न्यायाधीश चोलेन्द्रशम्शेर जबराले प्रधानन्यायाधीश गोपाल पराजुलीले साउनमा नै अवकास पाएको भन्दै मुद्दा हेर्न अस्वीकार गरेका थिए । त्यसको भोलिपल्ट प्रधानन्यायाधीश गोपाल पराजुलीले राणालाई इजलासमा नराखि अरु न्यायाधीशहरुको इजलास तोकेका थिए । 

तर, प्रधानन्यायाधीश पराजुलीले इजलास तोकेपनि मंगलबार न्यायाधीशहरु हरिकृष्ण कार्की, सपना मल्ल प्रधान, विश्वम्भरप्रसाद प्याकुरेल, अनिलकुमार सिन्हा, ईश्वरप्रसाद खतिवडा र आनन्दमोहन भट्टराईले इजलास बस्न अस्वीकार गरेका थिए ।

एक पूर्व महान्याधिवक्ताले न्यायाधीशहरुले इजलास बहिस्कार गरेर अदालतलाई ट्रेड युनियन बनाउन लागेको भन्दै न्यायलयलाई बद्नाम गर्न नहुने बताए । 

उनले भने ‘मंगलबारको श्रीमानहरुको तरिका हेर्दा अदालतलाई ट्रेड युनियन बनाउन खोजेको देखिन्छ यसले न्यायालयको गरिमा बचाउदैन ।’
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप