बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

अमेरिकी रक्षामन्त्री म्याटिस् एक्कासि किन पुगे काबुल ?

मङ्गलबार, २९ फागुन २०७४, १६ : ११
मङ्गलबार, २९ फागुन २०७४

एजेन्सी– अमेरिकी रक्षामन्त्री जिम म्याटिस् भ्रमणको पूर्व सूचनाविनानै मङ्गलबार अफगानिस्तानको राजधानी काबुल पुगेका छन् ।  तालिबान लडाकूको विषयमा अफगान सरकारसँग गर्ने भनिएको शान्ति वार्ताबारे प्रारम्भिक छलफल गर्नको लागि भन्दै म्याटिस् काबुल पुग्नुभएको समाचारमा जनाइएको छ । 

अफगान राष्ट्रपति असरफ घानीले तालिबान लडाकू समूहसँग शान्तिवार्ता गर्ने खुलाशा गर्नुभएको दुई हप्तापछि यस युद्धग्रस्त सहरमा म्याटिस् पुगेका हुन् ।  तर तालिबान लडाकू समूहले औपचारिक रुपमा यस शान्ति वार्ताको भने पुष्टि गरिसकेका छैनन् । रक्षामन्त्री म्याटिस्ले तालिबानका केही नेताहरुले वार्तामा बस्ने इच्छा देखाएका जानकारी दिए । 

म्याटिसकाअनुसार तालिबान लडाकू समूहका नेताहरु छलफलको लागि अभिरुची देखाएका छन्, तर यसै वार्तामा सबैजना भने नआउन सक्छन् ।  सवै तालिबान एकै पटक वार्तामा आउने सम्भावना नरहेको तर तालिबानको आशयबाट उनीहरु अफगान सरकारसँग वार्तागर्न इच्छुक भने रहेको म्याटिस्ले बताएका छन् । 

अमेरिकी सैन्य एयरफोर्सको विशेष विमानबाट उनी काबुल पुगेका हुन् । उनको आगमनका कारण सुरक्षा व्यवस्था निकै कडा पारिएको थियो ।  अन्ततः घानीको शान्ति सम्झौता योजनामा तालिबान लडाकू समूहलाई पनि राजनीतिक दलका समावेश गर्नेगरी सो वार्ता प्रक्रियालाई अघि बढाइएको छ । 

तालिबान आतङ्ककारी समूहले सुरुमा अमेरिकासँग मात्र सम्झौताको लागि तयार भएको जनाएको थियो । तर अहिले भने अफगान सरकारसँग पनि वार्तामा बस्ने संकेत गरेको बताइएको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप