शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

विमान दुर्घटना : डा. पूर्णिमाको निधन,  एकाएक खोसियो आफन्तको खुसी

मङ्गलबार, २९ फागुन २०७४, १५ : ०६
मङ्गलबार, २९ फागुन २०७४

काठमाडौ–डाक्टर छोरीको पर्खाईमा थिए–नूरबहादुर लोहनी । ५ वर्षको अध्ययन सकेर छोरी नेपालमा आएपछि लोहनी परिवारमा दोस्रो डाक्टरको रुपमा गनिदै थिइन् उनी । अर्थात् विमान दुर्घटनामा ज्यान गुमाउने ४९ मध्ये एक पूर्णिमा लोहनी । 

तर,  यो परिवारको पखाई र खुशी क्षणभरमै टुट्यो । लामो समयपछि अध्ययन सकेर आएकी छोरीलाई अब आफ्नै ठाउँमा सेवा गर्न लगाउने सोच थियो बाबु नुरु बहादुरको । 

बाबा नुरु बहादुरका अनुसार डाक्टर बन्ने स्वास्थ्य सेवा गर्ने उनको सानै देखिको इच्छा हो । ‘पढाईमा पनि राम्रो नम्बर ल्याएकै कारण हामीले थप अध्ययनको लागि बङ्लादेश पठाएका थियौ । वि.स २०६९ सालमा हामीले छोरीलाई अध्ययनको लागि बङ्लादेश पठाएका हाै‌ बाबु नुरबहादुर भन्छन् ।

लमजुङको बेसिशहर नगरपालिका वडा नम्बर १  घर भएका नूर बहादुरका अनुसार छोरीको एम.वि.वि.एस अध्ययनका लागि ५५ लाख खर्च भएको थियो । 

उमेरले २३ वर्ष मात्रै पुगेकी छोरी पुर्णिमा गुमाउँदा लोहनी परिवार विक्षिप्त पीडामा परेको छ ।

 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप